फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानद्वारा चीन-पाकिस्तान आर्थिक करिडोर मामिला व्यूरोको स्थापना

(GMT+08:00) 2019-07-14 14:46:35

पाकिस्तानी योजना विकास तथा सुधार मन्त्री मक्दूम खुस्रो बाख्तिआरले यही जुलाई १३ तारिख इस्लामावादमा पत्रकार सम्मेलनको आयोजना गरी चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माण पाकिस्तानको आर्थिक विकासका लागि कोसेढुँगाको अर्थ रहेको भन्दै चीन-पाकिस्तान आर्थिक करिडोर प्रारुपमा रहेको ऊर्जा स्रोत परियोजनाले पाकिस्तानका लागि ऊर्जा स्रोतको अभावको पूर्ति गरेको कुरा बताउनुभएको छ।

बाख्तिआरले पहिला पाकिस्तानको सामु बिजुलीअभावको चुनौती देखापरेको, चीन-पाकिस्तान आर्थिक करिडोरबाहेक कुनै पनि लगानीकर्ताले पाकिस्तानको ऊर्जा स्रोत परियोजनामा लगानी गर्ने आशा नगरेकोमा हाल चिनियाँ लगानीकर्ताहरू पाकिस्तान आएपछि ऊर्जा स्रोतको समस्याको समाधान गर्न मद्दत दिने आशा बढेको बताउनुभयो। उहाँले पाकिस्तानको आर्थिक विकास र ऊर्जा स्रोत विभाग चीन-पाकिस्तान आर्थिक करिडोरबाट लाभान्वित भएको दोहोर्याउनुभयो।

बाख्तिआरले चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माणलाई निरन्तर रुपमा अगाडि बढाउन र गति प्रदान गर्नका लागि पाकिस्तानी योजना विकास तथा सुधार मन्त्रालयले चीन-पाकिस्तान आर्थिक करिडोर मामिला व्यूरो स्थापना गर्ने र यस व्यूरोले विभिन्न विभागमार्फत् चीन-पाकिस्तान आर्थिक करिडोरसम्बन्धी श्रृंखलावद्ध योजनाहरूलाई कार्यान्वयन गर्न समन्वय गर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु