फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ २०२२ हिउँदे ओलम्पिक खेलकुदको संयोजन समितिद्वारा टोकियोमा प्रसार कार्यक्रम आयोजित

(GMT+08:00) 2019-07-15 14:48:02

पैचिङ शहर तथा जापानको टोकियो शहर बीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको ४० औं वार्षिकोत्सवको उपलक्ष्यमा हातमा हात मिलाएर विकास गर्ने तथा आपसी हित र संयुक्त विजयको उज्ज्यालो भविष्य उन्मुखका लागि पैचिङ नगरपालिका जन सरकारद्वारा संयोजित "पैचिङ सप्ताह"विषयक अनेकन कार्यक्रमहरु टोकियोमा आयोजित भएको छ। जुन ८ तारिख पैचिङ २०२२ हिउँदे ओलम्पिक खेलकुद तथा हिउँदे पारा ओलम्पिक खेलकुदको संयोजन समितिले सो कार्यक्रमको तत्स्थानमा प्रसार कार्यक्रमको आयोजना गरी सम्बन्धित तयारी अवस्थाबारे जानकारी दिएको थियो।

"पैचिङ सप्ताह"मा आयोजित प्रसार कार्यक्रममा पैचिङ २०२२ हिउँदे ओलम्पिक खेलकुद तथा हिउँदे पारा ओलम्पिक खेलकुदको संयोजन समितिका प्रेस प्रमुख छाङ युले जापानका विभिन्न क्षेत्रलाई ओलम्पिक खेलकुदको आयोजना गर्ने अवधारणा,रङ्गशाला तथा यातायातको निर्माण सम्बन्धी अवस्था,संयोजन समितिको प्रारुप तथा संयोजन समितिका विभिन्न विभागहरुको जिम्मेवारी लगायत तयारी अवस्थाबारे जानकारी दिनुभयो। यस पटकको टोकियो भ्रमणको अवधिमा पैचिङ २०२२ हिउँदे ओलम्पिक खेलकुद तथा हिउँदे पारा ओलम्पिक खेलकुदको संयोजन समितिले टोकियोमा आयोजना हुने ग्रीष्मकालीन ओलम्पिक खेलकुदका रङ्गशालाहरु तथा तयारी कार्यको अवलोकन गरेको पनि छाङ युले व्यक्त गर्नुभयो। टोकियोको अनुभवबाट सिक्नसक्ने तथा दुवै पक्ष बीच अरु गहन अन्तर्क्रिया तथा आदान प्रदान हुनुपर्ने ठहर छाङ युले गर्नुभयो। उहाँ भन्नुहुन्छ,

टोकियो ओलम्पिक खेलकुदको एक डेढ वर्षपछि हामीले हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्नेछौं। हामीलाई जापानबाट सिक्ने अवसर प्रदान गरेको छ। ओलम्पिक खेलकुद संयोजन,व्यवस्थापन तथा प्रबिधि लगायतका क्षेत्रमा टोकियो ओलम्पिक खेलकुदको संयोजन समितिसँग आपसी अनुभव आदान-प्रदान गर्नसक्ने,रङ्गशालाको निर्माण तथा त्यसको दिगो उपयोग,केही नयाँ प्रबिधिको उपयोगबारे टोकियोका सहकर्मीहरुसँग राम्रो छलफल गर्नसक्ने आशा हामीले गरेका छौं।

विशेष गरी पैचिङ २०२२ हिउँदे ओलम्पिक खेलकुदको सफल निवेदनदेखि चिनियाँहरुले हिम तथा बरफ खेलप्रति झन् झन् बढी ध्यान दिंदै आएका छन्। छाङ युका अनुसार,हिउँदे ओलम्पिक खेलकुदको तयारी,त्यसको आयोजना तथा प्रतियोगितापछि रङ्गशालाहरुको पुन:उपयोग लगायत कुराले चीनको हिम तथा बरफ खेलको विकासलाई अघि बढाउने र सर्वसाधारणको स्वास्थ्य लाभको स्तरलाई माथि उकास्ने छ। उहाँ भन्नुहुन्छ,

हाम्रो देशले यस समयमा हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने अर्थ छ। त्यो भनेको आर्थिक तथा सामाजिक विकास केही हदमा पुगेपछि चिनियाँहरुलाई अरु बढी खेलकुद गरोस् भन्ने लक्ष्य हो। जसले चिनियाँ सर्वसाधारणको सुस्वास्थ्यको स्तरलाई माथि उकास्ने छ। हामीले पनि यस लक्ष्य पूरा गर्न प्रयास गरिरहेका छौं।

छाङ युका अनुसार,भविष्यमा हिउँदे ओलम्पिक खेलकुदको टिकटको विक्री योजना बनाउँदा स्वदेश तथा विदेशको माँगबारे सोच विचार गरिनेछ। विदेशमा प्रसार कार्यलाई सबल पार्दै विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना अघि सारको छ। पैचिङ तथा ह पै प्रान्तले संयुक्त रुपमा आयोजना गर्ने यस पटकको हिउँदे ओलम्पिक खेलकुदले विश्वलाई हिम तथा बरफ खेल सम्बन्धी नयाँ ठाउँ चिनाउनसक्ने आशा छाङ युले गर्नुभयो। उहाँ भन्नुहुन्छ,

विश्वले नयाँ प्रबिधिको युगमा पैचिङको विशेषता बुझ्नसक्ने र छुङ ली तथा यान छिङ हिउँदे खेलका लागि विश्वका नयाँ गन्तव्य स्थान बन्नसक्ने आशा मैले गरेको छु। विश्व सर्वसाधारणको यस्तो छाप भएमा हाम्रो हिउँदे ओलम्पिक खेलकुद निकै सफल हुने विचार मैले गरेको छु।

जानकारी तथा लेखहरु