फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन च्याङ्ग युगुर स्वायत्त प्रदेशसम्बन्धी चीनको अडानमा 37 वटा मुलुकका राजदूतद्वारा समर्थन

(GMT+08:00) 2019-07-15 18:55:04
हालै 37 वटा मुलुकका राजदूतले संयुक्त रुपमा हस्ताक्षर गरी संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदलाई चिठी पठाएर सिन च्याङ्ग युगुर स्वायत्त प्रदेशसम्बन्धी चीनको अडानमा समर्थन गरेका छन्। आज जुलाई पन्ध्र तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वङ्गले संयुक्त हस्ताक्षर गरिएको चिठीले अल्पसंख्यक पश्चिमी मुलुकले चीनमाथि दोषारोपण गरेको शक्तिशाली जवाफ भएको बताउनुभएको छ।

हालै जेनेभामा स्थायी रुपमा तैनाथ भएका पाकिस्तान, रुस, क्युबा, अल्जेरिया र साउदि अरव आदि 37 वटा मुलुकका राजदूतले संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदका अध्यक्षलाई संयुक्त रुपमा हस्ताक्षर गरिएको चिठी पठाएर सक्रिय रुपमा चीनले सिन च्याङ्ग युगुर स्वायत्त प्रदेशमा मानव अधिकार कार्य र आतंकवादको विरोधमा हासिल गरेको उपलब्धिमा उच्च मूल्याङकन गरेका छन्। राजदूतहरुले चिठीमा केही मुलुकले झुट सूचनाबाट चीनमाथि दोषारोपण नगर्न ताकेता पनि गरेका छन्।

जानकारी तथा लेखहरु