फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो चीन-अफ्रिका शान्ति सुरक्षा मञ्च पैचिङमा शुरु

(GMT+08:00) 2019-07-15 18:55:26
चीनको रक्षा मन्त्रालयले आयोजना गरेको पहिलो चीन-अफ्रिका शान्ति सुरक्षा मञ्च आज जुलाई पन्ध्र तारिख पैचिङमा शुरु भएको छ। पचास अफ्रिकी मुलुक र अफ्रिकी लिगको रक्षा विभागका सैयौँ उच्चस्तरीय प्रतिनिधिहरु र चिनियाँ सेनाका प्रतिनिधिहरुले मञ्चमा भाग लिएका छन्। यी मध्ये पन्ध्र जना अफ्रिकी मुलुकका रक्षामन्त्री र सेनाका प्रमुख चिफ अफ स्टाफ पनि सहभागी छन्।

यस पटकको मञ्चमा'हातमा हात मिलाएर संयुक्त रुपमा सुरक्षा स्थापना'शीर्षक रहेको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले गत वर्ष चीन-अफ्रिका सहयोगात्मक मञ्च पैचिङ शिखर सम्मेलनमा प्रस्तुत गर्नुभएको 'संयुक्त रुपमा सुरक्षित चीन अफ्रिका भाग्य एकरुपताको स्थापना गर्ने'प्रस्तावको बारेमा विभिन्न पक्षका प्रतिनिधिहरुले'नयाँ युगमा चीन अफ्रिका सम्बन्ध र चीन अफ्रिका शान्ति सुरक्षा सहयोग'तथा 'क्षेत्रीय समुद्रि सुरक्षित परिस्थिति र सेनाले शान्ति सुरक्षा क्षेत्रमा निर्वाह गरेको भूमिका'आदि विषयमा गहिरो रुपमा छलफल गर्ने छन्।

पहिलो चीन-अफ्रिका शान्ति सुरक्षा मञ्च जुलाई बीस तारिख सम्पन्न हुने छ। मञ्चको अवधिमा अफ्रिकी प्रतिनिधिहरुले चिनियाँ स्थल सेना, नौ सेना, वायु सेनाको अवलोकन गरेर शाङ्गहाईको पनि भ्रमण गर्ने छन्।

जानकारी तथा लेखहरु