फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अर्थतन्त्र 6.3 प्रतिशतले वृद्धि

(GMT+08:00) 2019-07-15 18:55:49
चिनियाँ राष्ट्रिय तथ्याङ्क ब्युरोले आज जुलाई पन्ध्र तारिख सार्वजनिक गरेको तथ्याङ्क अनुसार, पूर्वार्द्धमा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा गत वर्षको सोही अवधिको तुलनामा 6.3 प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क ब्युरोका प्रवक्ता माउ शङ्ग यौङ्गले चीनको उपभोग, लगानी र आयात-निर्यात तीनवटा मुख्य क्षेत्रमा सुचारु रुपमा संचालन भएर पूर्वार्द्धमा राष्ट्रिय आर्थिक संचालन समाष्टिगत रुपमा स्थिर भएको बताउनुभएको छ। आगामी समयमा चीनले सुधार र खुलापनलाई गहन पार्ने, व्यापारिक वातावरणलाई सुधार गर्ने, उच्च गुणस्तरीय विकासमा पाइला सार्ने कुरामा उहाँले जोड दिनुभयो।

पूर्वार्द्धमा 6.3 प्रतिशतको वृद्धिदर विश्व परिधिबाट हेर्दा चीनको यस्तो उपलब्धि अग्रिम स्थानमा रहेको थियो। चीनले आर्थिक विकास वृद्धिदरमा ध्यान नदिने, आगामी चरणमा स्थिर रुपमा आन्तरिक जीवन्त शक्तिलाई विकसित गर्ने कुरा प्रवक्ता माउले औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु