फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राज्य परिषद्द्बारा "स्वस्थ चीन कार्यक्रम लागू गर्ने राज्य परिषद्को अभियान" सार्वजनिक

(GMT+08:00) 2019-07-15 18:56:36
चीनको राज्य परिषद्ले हाल "स्वस्थ चीन कार्यक्रम लागू गर्ने राज्य परिषद्को अभियान"लाई सार्वजनिक गरेको छ। त्यसमा भनिएको छ: सन् २०३० सम्म समस्त जनताको स्वास्थ्यको गुणस्तर ठूलो मात्रामा उकास्नुका साथै प्रतिव्यक्तिको अनुमानित स्वस्थ आयुलाई अपेक्षाकृत रुपमा उकासिने र बासिन्दाको मुख्य स्वस्थ मापदण्ड र स्तर दुवै नै उच्च आय मुलुकको पङ्क्तिमा प्रवेश गर्ने कुरा सिन्ह्वा समाचार समितिले जनाएको छ।

उक्त अभियानमा भनिएको छ: जनताको स्वास्थ्य जनता समृद्ध र देश सम्पन्न हुने महत्वपूर्ण पक्ष हो। त्यसैले स्वास्थ्यको शैक्षिक प्रणालीको स्थापना गरेर त्यसलाई पूर्णता दिलाएर स्वास्थ्य ज्ञानको फैलावट गर्नुका साथै‍ सही स्वास्थ्य धारणा स्थापना गर्न जनतालाई वैज्ञानिक निर्देशन दिनुपर्छ।

जानकारी तथा लेखहरु