फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आइएमएफको सुधारद्बारा उदियमान आर्थिक समुदायको सम्बोधन अधिकार र प्रतिनिधित्वलाई उकासिने

(GMT+08:00) 2019-07-17 18:36:50
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को कार्यकारी सञ्चालक समितिले जुलाई १६ तारिख महाप्रबन्धक क्रिस्टिन लागार्डको राजीनालाई स्वीकृत गरी नयाँ महाप्रबन्धकको निर्वाचन गर्ने प्रक्रियाको तुरुन्तै आरम्भ गर्ने घोषणा गरेको छ। आइएमएफका लागि १५ औँ रकम अनुपातको जाँचबुझ गर्ने महत्वपूर्ण अवधिमा जसले नयाँ महाप्रबन्धक बन्नेमा युगको प्रवाहसित अनुकूल भई सक्रियताका साथ आइएमएफको रकम अनुपात र सञ्चालनको सुधारलाई अघि बढाउनुका साथै निरन्तर उदियमान बजारमूलक मुलुक र विकासोन्मुख मुलुकहरूको सम्बोधन अधिकार तथा प्रतिनिधित्वलाई उकास्नुपर्छ। त्यसबाट आइएमएफले अझ राम्रोसँग आफ्नो उचितता र प्रभावकारीताको संरक्षण गर्न सक्नेछ।

अमेरिका र युरोपको नेतृत्वमा रहेको ब्रिटन उल्डस प्रणालीको एक महत्वपूर्ण सम्पतिको रुपमा रही आइएमएफले सारा विश्वको मुद्रा सहकार्यलाई बढाउने, पूँजी र सहयोगको प्रदान गर्ने र अन्तर्राष्ट्रिय बैकिङ स्थिरताको संरक्षण गर्ने सन्दर्भमा अथक प्रयास गर्दै आएको छ। नयाँ शताद्बीमा प्रवेश गरेपछि विश्वको आर्थिक बनौटमा निकै ठूलो परिवर्तन देखा परेको छ। एकातिर उदियमान आर्थिक समुदाय तीव्र गतिले विकसित हुनुका साथै त्यसले विश्वको अर्थतन्त्रमा ओगटेको अनुपात निरन्तर रुपमा उठाएर विश्वको आर्थिक बृद्धिका लागि योगदान पनि गर्दै आएको छ। अर्कातिर विश्वको आर्थिक सञ्चालन प्रणालीले सारा विश्वको आर्थिक असन्तुलनलाई घटाउने, बहुपक्षीय व्यापारिक प्रक्रियालाई अघि बढाउने र मुख्य अधिकार सहित ऋण सङ्कटको समाधान गर्ने सम्बन्धमा झन् झन् गाह्रो बन्दैछ। यस्तो अवस्थामा आइएमएफको सुधारलाई अघि बढाउने, विश्वको आर्थिक मामिलामा उदियमान बजारमूलक मुलुक र विकासोन्मुख मुलुकहरूको सहभागिता र सम्बोधन अधिकारलाई उकास्न ज्यादै आवश्यक रहेको छ।

सन् २०११ मा लागार्ड आइएमएफका महाप्रबन्धक नियुक्त भएयता रकम अनुपात र सञ्चालनको सुधारलाई अघि बढाउने सम्बन्धमा निकै महत्वपूर्ण प्रयास गर्दै आउनुभएको छ। हाल आइएमएफ १५ औँ रकम अनुपातको जाँचबुझ कार्यमा रहिरहेकाले नयाँ रकम अनुपात सन्धि सम्पन्नका लागि मतैक्य प्राप्त हुने सम्भावना रहेको छ। त्यसपछि मात्र आइएमएफले अझ राम्रोसँग आफ्नो उचितताको संरक्षण गर्नुका साथै अझ प्रभावकारी रुपमा सङ्कटको सामना गरी सारा विश्वको आर्थिक सञ्चालनलाई अझ निष्पक्ष र उचित दिशातर्फ विकसित गर्दै जानेछ।

जानकारी तथा लेखहरु