फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा बौद्धिक सम्पत्ति अधिकारको अझ सशक्त रुपमा संरक्षण

(GMT+08:00) 2019-07-19 19:22:16
चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार ब्युरोले हाल ह्वा वै कम्पनीको एक नयाँ पेटेन्ट अर्थात् "चन्द्रमा खिच्ने एक किसिमको उपाय र इलेक्टोनिक प्रबन्ध" शीर्षकको पेटेन्टलाई सार्वजनिक गरेको छ। हिजो जुलाई १७ बुधबार आयोजित चिनियाँ राज्य परिषद्को स्थायी सम्मेलनले शृंखलाबद्ध कदम चालेर बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने शक्तिलाई झन् सबल पार्ने निर्णय गरेको छ। के भन्नसकिन्छ भने चीनको सिर्जनशीलता द्रुत गतिले चलिरहेको सिलसिलामा सिर्जनशील कार्यको सबैभन्दा ठूलो जिवन्त शक्तिको स्वरुप रहेको बौद्धिक सम्पत्ति अधिकारको संरक्षणले अझ सशक्त कदम पनि लागू गर्ने छ।

नयाँ कदमको दष्टिबाट हेर्दा आगामी दिनमा चीनले मुख्यत: चार पक्षमार्फत बौद्धिक सम्पत्ति अधिकारको संरक्षणलाई अझ सबल पार्नेछ।

एक, चीनले लगातार रुपमा कानुन बमोजिम बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने शक्तिलाई मजबुत पार्नुका साथै समान रुपमा विभिन्न प्रकारका बजारमूलक समुदायको उचित हक-अधिकारको संरक्षण गर्दै जानेछ। त्यसको अर्थ के छ भने चीनले कानुन बमोजिम संरक्षण कदम चलाउँदा सबै बजारमूलक समुदायका लागि एकीकृत मापदण्ड र एकीकृत परिपाटीको कार्यान्वयन गर्नुपर्छ। त्यसबाट सरकारको समानता प्रतिबिम्बित गरिनेछ। यसका अतिरिक्त चीनले बौद्धिक सम्पत्ति अधिकार संरक्षण सम्बन्धी नीतिगत दस्तावेज प्रस्तुत गरी पेटेन्ट अधिकारको उल्लंघनमा कारवाईलाई प्रहार गर्ने शक्तिलाई पनि सबल पार्दै जानेछ।

दुई, चीनले अझ सक्रियताका साथ पेटेन्ट ऐन, ग्रन्थ अधिकार ऐन र मार्का ऐनको संशोधनलाई अघि बढाउनुका साथै कानुन विपरीत हुने लागतलाई ठूलो मात्रामा उकास्नेछ। तीमध्ये "दण्ड सजाईं स्वरुपको भुक्तानी" भन्ने व्यवस्थालाई भित्र्याउनु नै सबभन्दा महत्वपूर्ण विषय रहेको छ।

तीन, अन्तर्राष्ट्रिय मापदण्डसित अनुकूल हुनका लागि चीनले निरन्तर रुपमा बौद्धिक सम्पत्ति अधिकारको जाँचबुझ गुणस्तर र कार्य-कुशलतालाई उकास्दै जानेछ। त्यसबाट चीनलाई बौद्धिक सम्पत्ति अधिकार संरक्षण सम्बन्धी बिशाल मुलुकबाट सशक्त मुलुकको रुपमा परिणत हुनका लागि सघाउ पुग्नेछ।

चार, विदेशमा रहेका चिनियाँ व्यवसायका लागि सजिलोसँग बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्न चीनले अबउपरान्त बौद्धिक सम्पत्ति अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत पार्दै जानेछ।

जानकारी तथा लेखहरु