फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कुचेष्टा बोकेका अमेरिकी राजनीतिज्ञले "धार्मिक स्वतन्त्रता"बारे कुरा गर्ने अधिकार कहाँबाट पाए?

(GMT+08:00) 2019-07-20 15:09:25
अमेरिकी उप राष्ट्रपति माइक पेन्स र विदेश मन्त्री माइक पोम्पेओले जुलाई १८ तारिख सम्बोधन गर्दै धार्मिक स्वतन्त्रताको थिचोमिचो र मानव अधिकारको उल्लंघन गर्ने निहुँ खोजेर चीनलाई बदनाम गर्ने प्रयास गरेका छन्। अमेरिकी सरकारका उच्च पदाधिकारीको हैसियतले उनीहरूको भनाइले तथ्य कुराको बावजुद धर्म र मानव अधिकारको निहुँ खोजेर जथाभावी चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ। उनीहरूले चीनमा पृथकतावादी र डामाडोल अवस्था मच्चाउन खोजेकाले चीन-अमेरिका सम्बन्धमा गम्भीर प्रहार गरेको छ।

सिन्च्याङ र तिब्बतलाई उदाहरण दिएर चीनको जातीय धार्मिक नीतिलाई बदनाम गर्नु सधैँ नै केही अमेरिकीको चासो हुँदै आएको छ। पेन्स र पोम्पेओले आफ्नो सम्बोधनमा सिन्च्याङको चरमपन्थीलाई नियन्त्रण गर्ने पेशागत प्राविधिक शिक्षाको तालिम केन्द्रलाई "पुन: शैक्षिक क्याम्प"को रुपमा बंग्याएर तिब्बती बौद्ध धर्मका व्यक्तिहरूलाई दु:ख दिन चीनलाई बदनाम गरेको छ। उनीहरूले आँखा चिम्ले जस्तै समस्त अन्तर्राष्ट्रिय समुदायले स्वीकार गरेको तथ्य कुरा पनि पट्टकै देख्न सकेका छैनन्।

केही समयअघि चीन र अमेरिका दुवै देशका राष्ट्रनायकले ओसाकामा भेटघाट गर्दै निरन्तर रुपमा समन्वयात्मक, सहयोगी र स्थिर आधारमा रहेको चीन-अमेरिका सम्बन्धलाई अघि बढाउनुका साथै समान र आपसी सम्मान गर्ने आधारमा आर्थिक व्यापारिक छलफलको पुन:आरम्भ गर्न सहमति जनाउनुभएको थियो।

अमेरिकी उच्च पदाधिकारीको हैसियतले पेन्स र पोम्पेओ लगायतका राजनीतिज्ञहरूले चीन-अमेरिका सम्बन्धको विकासका लागि हितकर हुने कुरा गर्नुपर्छ। बरु उनीहरूले आफ्ना लागि रहिरहने ऐतिहासिक बदनाम छाड्न आवश्यक छ।

जानकारी तथा लेखहरु