फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तर्कसंगत र धैर्य आधारित चीनको पूँजी बजारको नयाँ यात्रा सुरू

(GMT+08:00) 2019-07-22 18:59:04

बाइस तारिख बिहान साढे नौ बजे पहिलो खेपका २५ वटा विज्ञान र प्रविधि बोर्ड स्टक शाङ्हाइ स्टक इक्सचेञ्चमा संचालनमा आएका छन् भने ज्ञान र प्रविधि बोर्ड औपचारिक रूपमा खोलिएको छ। त्यसबाट चीनको पुँजी बजार विकासको नयाँ यात्रा सुरू भएको छ।

सन् २०१८को नोभेम्बरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पहिलो आयात एक्स्पोमा विज्ञान र प्रविधि बोर्ड स्थापना गर्ने र दर्ता प्रणाली परीक्षण गर्ने घोषणा गर्नुभएदेखि आज विज्ञान र प्रविधि बोर्ड खोलिएसम्म दुई सयभन्दा बढी दिनहरू मात्रै बितेका छन्। जसबाट चीनसमक्ष विज्ञान र प्रविधि उद्योग विकासको तत्काल आवश्यकता देखिनुका साथै पुँजी बजारको सुधार गर्न अघि बढाउने चीनको अठोट र प्रयास पनि देखिएको छ।

विज्ञान र प्रविधि बोर्डको डिजाइनको सुरूवातमा चीनको पुँजी बजार सुधार परीक्षण क्षेत्रको रूपमा निश्चित भइसकेको थियो। त्यसैले सूचना सार्वजनिक केन्द्रित सुरक्षा मुद्धा दर्त प्रणालीको परीक्षण गरिएको छ जसबाट व्यवसायले अग्रिम रूपमा सार्वजनिक प्रस्ताव अर्थात् आइपीओ गर्नका लागि पर्खिरहनुपर्दैन साथै साँच्चिकै बजार पूँजी बजार स्रोत अवतरणको नेतृत्व गरिनेछ। साथै अनेकौँ नयाँ व्यापारिक प्रणाली भित्र्याइएको छ। बाइस तारिख विज्ञान र प्रविधि बोर्ड स्टक खोलिएपछि जम्मा गरी पचीस वटा स्टक वृद्धि भएका छन्।

विदेशी अनुभवबाट हेर्दा विज्ञान तथा प्रविधि व्यवसाय स्टक आइपीओ भएपछि मूल्य अस्थिरता देखिन्छ। बाइस तारिख चीनको विज्ञान तथा प्रविधि बोर्ड स्टक खोलेर वृद्धि भएपछि केही स्टकको वृद्धि मात्रा अलि घटेको छ भने अरू स्टक निरन्तर रूपमा वृद्धि भएको छ। उक्त अस्थिरता निकै सामान्य छ। उच्च विज्ञान तथा प्रविधि व्यवसाय बोर्डको विकास गर्न समय चाहिन्छ साथै बजारले पनि तर्कसंगत र संयमता देखाउनुपर्छ। किनभने अभिनव व्यापारिक प्रणाली बजार पूर्ण खेल्न अनि अन्तमा सन्तुलित हुन मद्दत पुग्नेछ।

यसबाहेक विज्ञान तथा प्रविधि बोर्ड चीन पुँजी बजारको नयाँ कुरा हो, केही विज्ञान तथा प्रविधि बोर्ड स्टक व्यवसाय सुरूवात चरणमा रहन्छन् र स्थिर लाभ हुँदैन। त्यसैले विज्ञान तथा प्रविधि बोर्ड स्टक व्यवसायको लगानी मूल्य छ कि छैन भन्ने मूल्याङ्कन गर्न मूल्य आय अनुपात मात्र हेर्नुहुँदैन राजस्व स्केल, राजस्व वृद्धि दर, अध्ययन तथा विकासको मात्रा, वृद्धि निहित शक्ति आदि पनि हेर्नुपर्छ।

पुँजी बजारको मूल विकास दिशा नै वास्तविक अर्थतन्त्रलाई सेवा गर्नु हो। हाल चीनको स्थिरता हुँदा छिटो आर्थिक वृद्धि भइरहन्छ तर बाह्य विकास वातावरणको अनिश्चितता पनि वृद्धि हुन्छ। पुँजी बजार सुधारमा विज्ञान तथा प्रविधि बोर्डको खोजीले वरिष्ठ विज्ञान तथा प्रविधि व्यवसायतिर पुर्याएर व्यवसायको नवीन सिर्जना क्षमता र प्रतिश्पर्धात्मक क्षमतालाई प्रोत्साहन गर्नेछ साथै औद्योगिक स्तरोन्नति र परिवर्तन अनि नयाँ आर्थिक विकास गर्न प्रवर्द्धन गर्नेछ।

जानकारी तथा लेखहरु