फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी प्रभुत्व अन्तर्राष्ट्रिय व्यवस्थाको विनाशक

(GMT+08:00) 2019-07-24 17:09:04

हाल अमेरिकाका एक सयभन्दा बढी तथाकथित अधिकारवादी पक्षका व्यक्तिहरूले एउटा सार्वजनिक पत्रमा संयुक्त रूपमा हस्ताक्षर गरी वर्तमान अन्तर्राष्ट्रिय व्यवस्थाको सिद्धान्त र नियममा चीनको उपेक्षामाथि आक्रमण गरेर चीनसँग द्वन्द्व गर्न उत्तेजित गरेका छन्। यिनीहरूको भनाइले सेतोलाई उल्टो पारेर कालो देखाउने मात्रै होइन, घमण्ड, अज्ञानता र पूर्वाग्रही भावना पनि देखाएको छ।

वास्तविकताले प्रमाण दिइसकेको छ कि एकपक्षीयतावाद, संरक्षणवाद, चरम अहंभाव रहेको अमेरिकी प्रभुत्ववाद नै अन्तर्राष्ट्रिय व्यवस्थाको साँच्चिकै विनाशक हो।

वर्तमान विश्वको अन्तर्राष्ट्रिय व्यवस्था दोस्रो विश्व युद्धपछि स्थापना भएको थियो भने समष्टिगत रूपमा हेर्दा सक्रिय भूमिका निर्वाह गरेको छ। विशेष गरी संयुक्त राष्ट्र संघ केन्द्रित सामूहिक सुरक्षा प्रणालीले विश्वको शान्ति र विकासको प्रभावकारी रूपमा संरक्षण गरेको छ। तर अमेरिकाले अन्तर्राष्ट्रिय व्यवस्थालाई आफू केन्द्रित हुनैपर्ने र अमेरिका नेतृत्वमा रहेको एकल ध्रुवीय प्रभुत्वको संरक्षण गर्नुपर्ने विचार लिइरहेको छ। संयुकत राष्ट्र संघमार्फत आफ्नो लक्ष्य पूरा हुन नसक्दा अमेरिकाले आफ्नो नेतृत्वमा स्थापित अन्तर्राष्ट्रिय व्यवस्थामाथि आत्मघाती आक्रमण गरी वर्तमान व्यवस्था नै खलबल पारेर आफ्नो प्रभुत्ववादको संरक्षण गर्छ। यसैगरी अमेरिकी सरकारले अन्तर्राष्ट्रिय व्यवस्थामाथि गरेको विनाश अझ गम्भीर छ।

केही अमेरिकी राजनीतिज्ञले विश्व व्यवस्थामाथि जथाभावी रूपमा बिगार्दै जानुका साथै अन्तर्राष्ट्रिय जिम्मेवारी नलिने तर अन्तर्राष्ट्रिय व्यवस्थामाथि चीनको उपेक्षा भएकोप्रति निन्दा गरेका छन्। त्यसको मूल कारण यस्तो हो कि चीनले संरक्षण गरेको संयुक्त राष्ट्रय संघ केन्द्रित र संयुक्त राष्ट्र संघको बडापत्र आधारित अन्तर्राष्ट्रिय व्यवस्था हो तर केही अमेरिकीलाई चाहिने प्रभुत्ववादी व्यवस्था यो होइन। त्यसैले ती राजनीतिज्ञहरूलाई रिस उठेको छ र चीनको शान्तिपूर्ण विकासका कदम, वैधानिक हित संरक्षणका गतिविधि, विश्व प्रशासनसम्बन्धी प्रस्तावलाई अन्तर्राष्ट्रिय व्यवस्थासामु चुनौतीको रूपमा देखाउँदै प्रदूषित पारेका छन्। त्यसबाट केही अमेरिकीको प्रभुत्ववादी विचार देखिनुका साथै बहु-पक्षीयतावादको विकास र अमेरिकी प्रभुत्व पनि कमजोर होला भन्ने उनीहरूको चिन्ता र डर पनि प्रतिबिम्बित भएको छ।

वर्तमान विश्वसमक्ष ठूलो परिवर्तन देखापरेको छ। विभिन्न मुलुकलाई केकस्तो अन्तर्राष्ट्रिय व्यवस्था र विश्व प्रशासन चाहिन्छ भन्ने कुरा कुनै एक मुलुकले निर्णय गरेर हुँदैन तर सबैले मिलेर सल्लाह गरी निर्णय गर्नुपर्छ। एकल ध्रुवको अमेरिकी प्रभुत्ववादी प्रणाली अप्रचलित भइसक्यो र अन्तर्राष्ट्रिय व्यवस्थाको लागि ठूलो धम्की र चुनौती मात्रै बन्न थालिसक्यो। विभिन्न मुलुकले त्यसप्रति सतर्कता अपनाउनुपर्छ र संयुक्त राष्ट्र संघीय बडापत्रको सिद्धान्त र नियम केन्द्रित अन्तर्राष्ट्रिय व्यवस्थाको व्यवहारिक रूपमा संरक्षण गरी त्यसलाई अझ न्यायिक र उचित रूपमा विकसित गर्दै जानुपर्छ।

जानकारी तथा लेखहरु