फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुला र आत्मविश्वासी चिनियाँ सेना विश्व शान्तिको संरक्षण गर्ने शक्ति

(GMT+08:00) 2019-07-25 10:09:20

चीन सरकारले जुलाई २४ तारिख "चिनियाँ युगमा चीनको प्रतिरक्षा" विषयक श्वेत पत्र सार्वजनिक गरेको छ। यो चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता सार्वजनिक भएको पहिलो समष्टिगत प्रतिरक्षा श्वेत पत्र हो। यो श्वेत पत्रले छ वटा क्षेत्रबाट नयाँ युगमा चीनको प्रतिरक्षा नीतिबारे जानकारी दिएको छ। विश्वसमक्ष चीनको प्रतिरक्षा र सेना निर्माणको रणनीतिक दिशा, मलभूत सिद्धान्त र यसको महत्वपूर्ण अर्थबारे व्याख्या गरेको छ। यो श्वेत पत्र खुलापनयुक्त, पारदर्शी र प्रतिबद्ध देखिएको छ।

लामो समययता चीनको प्रतिरक्षा नीतिले "रक्षा" केन्द्रीत सिद्धान्तलाई निरन्तरता दिएको छ। चीनको प्रतिरक्षा नीतिले चीनले पालना गर्ने शान्तिपूर्ण अस्तित्व पाँच सिद्धान्तको कुटनैतिक नीतिलाई निरन्तरता दिएको छ। हालैका वर्षहरूयता चीनले विश्वको सैनिक विकास परिस्थितिबारे जानकारी लिने आधारमा प्रतिरक्षा र सेनाको सुधारलाई चौतर्फी रुपमा सबल पारेको छ। जसबाट चीनको प्रतिरक्षा र सेना निर्माणमा नयाँ मुहार देखिएको छ।

हाल अन्तर्राष्ट्रिय रणनीति बनौटमा गहन परिवर्तन भएको छ। चीन सधैं नै विकासको महत्वपूर्ण रणनैतिक अवसरको अवधिमा रहँदैआएको छ। साथै चीन सामु पनि जटिल सुरक्षा त्रास-धम्की र चुनौती देखापरेको छ। अन्तर्राष्ट्रिय वातावरण र परिस्थितिको परिवर्तनका कारण चीनले सुरक्षा रणनीतिलाई सामन्जस्यता गर्न र सैनिक सुधार गर्न निकै आवश्यक छ।

उक्त श्वेत पत्रमा मानव भाग्य समुदायको निर्माणका लागि सेवा प्रदान गर्नु नयाँ युगमा चीनको प्रतिरक्षाको अर्थ भएको कुरा पहिलो पटक उल्लेख गरिएको छ। साथै उक्त श्वेत पत्रले चीनको प्रतिरक्षा तथा सेना निर्माण र विश्वको शान्ति तथा स्थितिबीचको आवश्यक सम्बन्धबारे व्याख्या गरेको छ। यसबाट एक ठूलो देशको रुपमा रहेको चीनको दायित्व देखिएको छ। नयाँ युगमा चीनको प्रतिरक्षाले "जनताका लागि सेवा दिनु" भन्ने सिद्धान्तलाई निरन्तर रुपमा कायम राख्नुका साथै विश्वको जनताका लागि सेवा दिने परिधि फैलाएको छ। यसबाट चीन सधैं नै विश्व शान्ति संरक्षणको पक्षधर रहने कुरा प्रतिविम्वित भएको छ।

जानकारी तथा लेखहरु