फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका विश्व सहयोगी विकासको बाधक

(GMT+08:00) 2019-07-26 18:11:51

हालै अमेरिकाका एक सयभन्दा बढी चीनसम्बन्धी हार्डलाइनरहरूले संयुक्त चिठी सार्वजनिक गरी चीनले आर्थिक हितको निहुँमा अमेरिकी सहयोगीहरू र अरू मुलुकलाई आकर्षण गरेर विश्वमा आफ्नो प्रभाव बढाएकोबारे झूटो निन्दा गरेका छन्। त्यसबाट चीनको आर्थिक विकासबारे केही अमेरिकीको ईर्ष्या निकै स्पष्ट रूपमा देखिएको छ। उनीहरूले ऐनामा आफ्नो अनुहार हेर्नुपर्छ। वास्तवमा अमेरिकी राजनीतिज्ञले चाहिरहेको एकपक्षीयतावाद र संरक्षणवाद नै विश्वका विभिन्न मुलुकबीच सहयोग र विकासको बाधक हो।

केही वर्षयता अमेरिकाले आफ्नै हितको आधारमा अरूमाथि भन्सार कर लगाएर व्यापारिक अड्चन गरिरहन्छ जसले विश्वको उद्योग श्रृंखला र मूल्य श्रृंखलामा हिंसात्मक रूपमा हस्तक्षेप गरी विश्व व्यापार, लगानी र अर्थतन्त्रमा गम्भीर क्षति पुर्याएको छ।

अमेरिका प्राथमिकताको प्रभुत्ववादी धारणाका साथ अमेरिकाले विश्व विकासमा घाटा थपिरहन्छ। त्यो केही अमेरिकी राजनीतिज्ञले हेर्दैनन् तर अरूलाई चीनले दिएको सहयोग र प्रयासलाई आर्थिक प्रलोभनको रूपमा झूटो निन्दा गरेका छन्। जिम्मेवार ठूलो मुलुकको रूपमा चीनको विकास नै दिनदिनै बढ्दै जाँदा असल जीवनसम्बन्धी जनताको चाहनालाई पूरा गर्ने मात्रै होइन तर आफ्नो विकासका साथ अरू देश र जनतालाई पनि सहयोग गर्ने अपेक्षा चीनको छ।

जानकारी तथा लेखहरु