फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माइकल पिलस्बरीहरूको "शङ्कालु रोग" झनै गम्भीर

(GMT+08:00) 2019-07-29 09:56:56

चीनका लागि अमेरिकी नीति सम्बन्धी बाज समूहका व्यक्ति माइकल पिलस्बरीले हाल भने अनुसार, अमेरिकाले चीनलाई शत्रुको रुपमा व्यवहार नगरे तापनि विश्वको प्रमुख शक्ति अमेरिकाको ठाउँमा चीनलाई पुग्नबाट रोक्न खोजेको छ। उनले केही अर्थविद्हरूले सन् २०४९ सम्म चीनको कूल आर्थिक मात्रा अमेरिकाभन्दा तीन गुणाले वृद्धि हुने अनुमानलाई उद्धृत गर्दै कुनै समयमा चीनले अमेरिकालाई नियन्त्रण गर्ने र अमेरिका चीनको उपनिवेश स्थल बन्ने चेतावनी दिएका छन्।

पिलस्बरीको भनाईबाट उनको "शङ्कालु रोग" झनै गम्भीर भएको देखिन्छ। सन् २०१५ मा उनले "सयौं वर्षको म्याराथुन" शीर्षकको किताबमा हाल चीन अमेरिकालाई नाघ्ने सयौं वर्षको ठूलो बुद्धिचाल खेलिरहेको भन्दै सन् २०४९ सम्म अर्थात् नयाँ चीन स्थापनाको एक सयौं वार्षिकोत्सवको अवसरमा चीन अमेरिकालाई हटाएर सारा विश्वको सुपर मुलुक बन्ने औँल्याएका थिए। के भन्नसकिन्छ भने पिलस्बरीहरूले मुलुकलाई सशक्त बनाएर प्रभुत्व जमाउने अमेरिकी ढाँचाको दृष्टिकोण र तिमी बाँच्ने र म मर्ने भन्ने प्रतिस्पर्धात्मक नियमलाई जथाभावी रुपमा व्याख्या गरी अरु देशको विकास ढाँचामा राखेर आफ्नो विचार पोखेका छन्। उनीहरूका अनुसार यदी चीनको वास्तविक शक्ति अमेरिकालाई नाघेको खण्डमा चीनले अवश्य नै अमेरिकाले जस्तै सारा विश्वमा प्रभुत्व गर्ने ठहर गरेका छन्। उनीहरूको यस्तो विचारले चीनलाई नराम्रो बनाएको मात्र नभई चीनसँग प्रतिद्वन्द्व गर्नका लागि वातावरणको सिर्जना गर्नुका साथै अमेरिकी सत्ता र सर्वसाधारणलाई तर्साउन खोजेको छ।

चीनको विकासको उद्देश्य जनताका लागि अझ सुमधुर जीवन बिताउनसक्ने भन्ने रहेको छ। चीनको अरु देशलाई सताउने अथवा विश्व प्रहरी बन्ने चासो र इच्छा पट्टकै छैन। तर केही अमेरिकीहरूले शीत युद्धको पुरानो विचारलाई कायम राख्दै चीनको द्रुत विकासप्रति अशान्त बनी शङ्कालु रोगको भावना लिएर चीनलाई लक्षित गरेर प्रतिरोध गर्न खोजेका छन्। उनीहरूको विचारमा त्यसबाट अमेरिकाको प्रभुत्ववादी स्थानको सँरक्षण गर्न सकिनेछ।

अमेरिकाले अपनाएको "शुन्य र प्रतिद्वन्दी" भन्ने नीतिको तुलनामा चीनले वैदेशिक आवत-जावत क्रममा ठूला, साना, सशक्त, कमजोर, सम्पन्न अथवा विपन्न मुलुकसमक्ष सबैको समान रुपमा व्यवहार गर्नुपर्ने नीतिलाई कायम राख्दै आएको छ। "बेल्ट एण्ड रोड" प्रस्तावलाई अघि बढाउने क्रममा चीनले सहकार्य र साझा जीत हुने धारणालाई कायम राख्दै सँगै मिलेर विचार-विमर्श, निर्माण र उपभोग गर्ने स्वर्ण नियमको अक्षरश: पालना गर्दै आएको छ। रक्षा मामिलाको सन्दर्भभा नयाँ चीन स्थापनाका ७० वर्षयता चीनले कहिल्यै पनि कुनै युद्ध र भिडन्त मच्चाएको छैन। विशेषत: बितेका ४० वर्षयता चीनले सक्रियताका साथ अघिपछि गरी ४० लाख सेनाको कटौती गरेको छ।

माइकल पिलस्बरीहरूको "शङ्कालु रोग"ले उनीहरूलाई अझै गम्भीर अवस्थामा राख्ने छ। तर चीनको विकास गर्ने नीति र सारा विश्वलाई अझै सुमधुर बनाउने चीनको पाइलालाई कसैले रोक्न सक्ने छैन।

जानकारी तथा लेखहरु