फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"द्वैध चरित्र" पश्चिमी मुलुकद्वारा अरु मुलुकको आन्तरिक मामिलामाथि हस्तक्षेप गरिने नियमित तरिका

(GMT+08:00) 2019-07-30 10:28:46

जुनको मध्यदेखि हङकङमा श्रृँखलाबद्ध रूपमा कानूनको उल्लंघन गर्दै हिंसात्मक गतिविधि भएको छ। बेलायत, अमेरिका आदि पश्चिमी मुलुकका केही व्यक्तिले निरन्तर रुपमा द्वैध चरित्रको आधारमा उग्रवादी हिंसात्मक गतिविधि र प्रदर्शनकारीलाई सहिष्णुता प्रकट गर्दै हङकङ प्रहरीको सामान्य कानूनी गतिविधिमाथि दोषारोपन गरी चिनियाँ सरकारले हङकङको स्वतन्त्रता र अधिकारको हनन गरेको दोषारोपन लगाएको थियो। पछिल्लो उदाहरण भनेको अमेरिकी कांग्रेस प्रतिनिधि सभा कुटनीतिक मामिलाका अध्यक्ष इलियट एन्जलले हालै हङकङ प्रहरीले जलुस प्रदर्शनको समाधान गर्ने क्रममा हिंसात्मक गतिविधि गरेको र यसबाट हङकङको व्यवस्थापन र कानूनी क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिष्ठामा क्षति पर्याइएको बताउनुभएको छ। यस्तो भनाइले वास्तविकतालाई बंग्याउनुका साथै हङकङ मामिला र चीनको आन्तरिक मामिलामाथि पनि हस्तक्षेप भएको छ।

एन्जल लगायतका पश्चिमी राजनैतिक व्यक्तिको विचारमा पश्चिमी मुलुकका जलुस प्रदर्शनमा उत्पन्न भएको हिंसात्मक गतिविधि हिंसात्मक घटना हो र प्रहरीले सम्बन्धित उपायमार्फत समाधान गर्छन्। हङकङमा हिंसात्मक गतिविधि उत्पन्न हुँदा तथाकथित 'शान्ति जुलुस प्रदर्शन' हो। उनीहरुले हङकङ सरकारमाथि 'बोली र जुलुस प्रदर्शनको अधिकारलाई कदर गर्ने' माग गरेर हङकङमा भइरहेका यी हिंसात्मक व्यक्तिलाई 'मानव अधिकार र स्वतन्त्रताको संरक्षण गर्ने योद्धा' भन्न रूचाएका छन्। यस्तो भनाइ स्पष्ट रूपमा द्वैध चरित्रमा देखिन्छ।

अमेरिका र बेलायतका यी राजनैतिक व्यक्तिले बिर्सेका थिए कि?सन् २०११ को 'वाल स्ट्रिटमा कब्जा गर्ने' गतिविधिमा अमेरिकी प्रहरीले प्रदर्शनकारीलाई रबरको बुलेट चलाएका थिए, सोही वर्ष लन्डन आदि ठाउँमा भएको जुलुस प्रदर्शनमा बेलायती प्रहरीले उच्च दवावयुक्त पानी बन्दुक प्रदर्शनकारीमाथि चलाएका थिए। हङकङको समस्यामा यी अमेरिका र बेलायतका राजनैतिक व्यक्तिहरूले ती अनुहारलाई परिवर्तन गरेर हङकङ प्रहरीको सामान्य कानूनी सत्तारुढ गतिविधिमाथि कडा आरोप लगाएका छन्।

बेलायतले हङकङको व्यवस्थापन गरेको अवधिमा सबै हङकङ गभर्नर बेलायती सरकारले पठाउने गर्दथ्यो। अमेरिका र बेलायत आदि पश्चिमी मुलुकका राजनैतिक व्यक्तिहरू कोहीले पनि हङकङ जनताको स्वतन्त्र प्रशासकीय अधिकार, मानव अधिकार र स्वतन्त्रतामा ध्यान दिएका थिएनन्। उनीहरुले आफ्ना समुदायको हित र कसरी यस पूर्वी मोतिबाट फाइदा उठाउनसकिन्छ भन्नेमा मात्रै ध्यान दिएका थिए।

हङकङ चीनमा फर्किएको बाईस वर्षयता चिनियाँ सरकारले सधैं "एक मुलुक दुई नीति" "हङकङ नागरिकले हङकङलाई व्यवस्थापन गर्ने" आदि नीतिलाई कायम राख्दै आएकोले हङकङका नागरिकले कानून बमोजिम व्यापक अधिकार र स्वतन्त्रता प्राप्त गरेका छन्।

पश्चिमी मुलुकहरूले भने अरु मुलुकको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमलाई समेत पनि उल्लंघन गर्दैआएका छन्। 'द्वैध चरित्र' अरु मुलुकका मामिलामाथि हस्तक्षेप गर्दैआएका पश्चिमी मुलुकका केही राजनैतिक व्यक्ति र सञ्चारमाध्यमले सधैँ प्रयोग गर्ने एउटा तरिका हो। चीनले राष्ट्रिय सार्वभौमिक्ताको सुरक्षामाथि क्षति पुर्याएको गतिविधिलाई बेवास्ता गर्दैन!

जानकारी तथा लेखहरु