फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा राजनीतिक व्यूरोको सोह्रौँ सामूहिक बहसको अध्यक्षता

(GMT+08:00) 2019-07-31 18:34:19

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोले जुलाई तीस तारिख दिउँसो सैनिक नीति तथा व्यवस्थाको सुधारबारे सोह्रौं सामूहिक बहस आयोजना गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले उक्त बहसको अध्यक्षता गर्दै सैनिक नीति तथा व्यवस्था देशको शासनको महत्वपूर्ण प्रत्याभूति रहेको भन्दै सैनिक नीति तथा व्यवस्थाको सुधार चीनको सेनाको व्यवस्थाको पुनःसुधार हो भन्ने कुरामा जोड दिनुभयो। उहाँले सैनिक नीति तथा व्यवस्था नयाँ युगमा चिनियाँ कम्युनिष्ट पार्टीले सेनालाई शक्तिशाली पार्ने लक्ष्यसित सम्बन्धित रहेको र जन मुक्ति सेनालाई विश्वको उत्कृष्ट सेनाको रुपमा बनाउने लक्ष्यसित अगाडि बढ्ने बताउनुभयो। सो अवसरमा "दुई वटा एक सय वर्ष"को लक्ष्य र चिनियाँ राष्ट्रको चिनियाँ सपनासित सेनाको विकास सम्बन्धित रहेको कुरा पनि उहाँले बताउनुभएको छ।

जानकारी तथा लेखहरु