फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मध्यम दूरी क्षेप्यास्त्र सन्धि अमान्यबाट विश्व सुक्षामा खतरा

(GMT+08:00) 2019-08-02 15:13:05

विश्वको सुरक्षाको संरक्षणको लागि अर्थपूर्ण मध्य दूरी क्षेप्यास्त्र सन्धिबाट अमेरिका हटेको ६ महिनाको समय अगष्ट २ तारिख पूरा भएको छ र सो सन्धि अमान्य बनेको छ। अमेरिका सो सन्धिबाट जबरजस्ति हटेपछि आफ्नो एकपक्षवादी तथा प्रभुत्वबादी नीति लागू गर्ने प्रतिविम्वित गरिएको छ। यसले गर्दा ठूला मुलुक बीचको रणनीतिक सुरक्षा तथा आपसी विश्वासलाई कमजोर बनाइनुका साथै चर्चित क्षेत्रमा सैन्य होड्बाजीलाई चर्को बनाएर विश्व सुरक्षा स्थितिमा नयाँ खतरा ल्याउने अवस्था छ।

मध्य दूरी क्षेप्यास्त्र सन्धिको पूरा नाम सन् १९८७ मा हस्ताक्षरित 'सोभियत संघ तथा अमेरिकाले मध्य दूरी तथा मध्य/छोटो दूरी क्षेप्यास्त्र हटाउने सन्धि' हो। दुई मुलुकमा ५०० देखि ५५०० किलोमिटर दूरीको क्षेप्यास्त्र तथा सम्बन्धित प्रक्षेपण प्रबन्ध हातमा नराख्ने, उत्पादन नगर्ने अथवा परिक्षात्मक प्रक्षेपण नगर्ने कुरा सो सन्धिमा तोकिएको छ। सो सन्धि शित युद्धको अवधिमा सबभन्दा सफल हतियार नियन्त्रित सन्धि मानिन्छ। त्यसले अमेरिका तथा सोभियत संघ(अमेरिका तथा रूस)को रणनीतिक सन्तुलनको नियन्त्रण, प्रतिरोध खतराको न्युनीकरण एवं आणविक हतियार अप्रसार क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गर्‍यो।

सो सन्धि अमेरिका तथा रूसको रणनीतिक संघर्षको ध्यानाकर्षण रहिरहेको छ। वर्तमान अमेरिका सरकार सत्तामा आएपछि अमेरिकाको बैदेशिक सुरक्षा नीति परिवर्तन भएकाले अमेरिका र रूस बीच सम्पन्न सो सन्धिबाट आउने अन्तर्विरोध पनि ठूलो बन्दै गयो। चालु वर्षको फेब्रअरी १ तारिख अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले रूसले लामोसमयसम्म सो सन्धिको उलंघन गरेको भन्दै अमेरिकाले उक्त सन्धिमा तोकिने दायित्वको कार्यान्वयन गर्न स्थगित गरी ६ महिनासम्म हट्ने प्रक्रिया शुरू गरेको जनाउनुभयो। उहाँको जवाफ दिँदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्च महिनामा सो सन्धिको पालना गर्न स्थगित गर्ने आदेश दिनुभयो।

सर्वविदित कुरा के हो भन्ने अमेरिकाले बाह्य सुरक्षा धम्कीको नाउँमा एकपक्षीय रूपमा सन्धिबाट हटेको उद्देश्य नै वर्तमान अन्तर्राष्ट्रिय सुरक्षा प्रणालीबाट अमेरिकी सैन्य शक्तिको बन्दोबस्तको परिवर्तनमा दिइएको बाधालाई हटाउनु हो र जसबाट अमेरिकाले सैन्य धम्की दिने अत्याधिक क्षमता पाउने प्रभुत्वबादी तर्कलाई प्रतिविम्वित गरिएको छ।

अमेरिका सो सन्धिबाट हटेपछि सम्पूर्ण विश्वको सुरक्षा परिस्थितिमा धेरै क्षति पुग्ने कुरामा शंका छैन। यसले अमेरिका-रूस सम्बन्धलाई बिगार्दै जाने छ भने अमेरिका तथा रूसको सुरक्षा होडबाजी गर्ने मुख्य ठाँउ यूरोपमा निकै विशाल सुरक्षा खतरा देखा पर्ने छ। त्यसैगरी एशिया प्रशान्त क्षेत्रको सुरक्षा परिस्थिति अझ जटिल बन्दै जानेछ।

अमेरिकाले सो सन्धिबाट एकपक्षीय रूपमा हट्ने कुरा सार्वजनिक गरेपछि चीनले अमेरिका तथा रूसले वार्ता तथा छलफलमार्फत सन्धिको प्रभावकारिताको संरक्षण गर्ने आशा लिइरहेको छ भने अमेरिकाले चीनलाई अमेरिका-रूस वार्तामा लाग्न धेरै पटक गरी खोजिरहेको छ। अमेरिकाको सो प्रस्तावको चीनले कडा विरोध गर्दै अस्वीकार गरेको छ। चीनले रक्षात्मक रक्षा नीति अँगालिरहेको छ। चीनबाट सार्वजनिक पछिल्लो रक्षा श्वेत-पत्रमा औंल्याइएको छः जुनकुनै समय वा परिस्थितिमा अरूभन्दा पहिले चीनले आणविक हतियार प्रयोग नगर्ने नीतिको पालना गरिरहेको छ र जुनसुकै मुलुकसँग आणविक सैन्य होड्बाजी गर्ने छैन। चीनले आफ्नो आणविक शक्तिलाई देशको सुरक्षाको आवश्यकताको न्यूनतम स्तरमा राखिरहेको छ र राखिरहने छ। उपभोग्य सैन्य होड्बाजीमा भाग लिने चीनको इच्छा छैन तापनि बाह्य सुरक्षा वातावरण चर्कँदै गएमा देशको सुरक्षा तथा हितको प्रभावकारी प्रत्याभूति दिन चीनले सम्बन्धित कदम चाल्ने छ।

मध्यम दूरी क्षेप्यास्त्र सन्धिबाट अमेरिका हटेपछि सम्पूर्ण विश्वको सुरक्षामा आउने खतरा बढ्दै गएको छ र यो नै अमेरिकाले एकपक्षवादी नीति अंगालेर ठूला मुलुक बीचको प्रतिस्पर्धा उत्पन्न गराउने अर्को प्रमाण पनि हो। अमेरिकाको यस्तो गतिविधिबाट फेरि एकपटक प्रमाण दिइएको छ कि प्रतिरोधको सट्टा सह-कार्य, प्रभुत्वको सट्टा साझा बिजयी मात्रै मानवजातिको साझा सुरक्षालाई प्रत्याभूति दिन सकिन्छ।

जानकारी तथा लेखहरु