फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आफ्नो वचनको पालना नगरेमा वार्तामा राम्रो प्रतिफल प्राप्त नहुने

(GMT+08:00) 2019-08-03 18:58:37

अमेरिकाले हालै फेरि एक पटक भन्सार करको लठ्ठी उठाई सेप्टेम्बर १ देखि अमेरिका निर्यात हुने ३ खर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमाथि थप १० प्रतिशत कर असुल्ने निर्णय गरेको छ। साथै अमेरिकाले चीनसँग सर्वाङगीण आर्थिक व्यापारिक सम्झौता गर्न सक्रियताका साथ वार्ता गर्ने अपेक्षा लिएको जनाएको छ। एकातिर आफ्नो वचनको पालना नगरी चीन तथा अमेरिकाका राष्ट्रानायक बीच ओसाकामा हासिल गरिएको सहमति विपरीत काम गरिरहेको छ भने अर्कातिर वार्तामा आशावादी नतिजा पाउने विचार गरिरहेको रहेछ। अमेरिकी यस्तो तर्क बुझ्न गाह्रो हुन्छ। इमानदारी वार्ताको आधार हो। वार्तामा सँधै परिवर्तित भएमा अरूले त्यो पक्षलाई कसरी विश्वास गर्ने?

बिगत १ वर्षमा चीनले इमानदारीको आधारमा ठूलो सदिच्छा लिएर अमेरिकासँग वार्ता गरिरहेको छ र वार्तामा ठूलो प्रगति हासिल भएको छ। तर अमेरिकाले ४ पटक सम्पन्न सहमतिको विपरीत इमानदारीलाई पटक पटक लत्याएर वार्तामा उतारचढाव भएको देखिन्छ। यसको जिम्मा अमेरिकाले लिनैपर्छ। वार्ता दुवै पक्षको कुरा हो र सम्झौता सम्पन्न गर्नका लागि दुवै पक्षले इमानदारीपूर्वक एउटै दिशातिर उन्मुख हुनुपर्छ। अमेरिकाको यस्तो गतिविधिप्रति अन्तर्राष्ट्रिय समाज अचम्मित र चकित बनेको छ।

मान्छेसँग इमानदारी नभएमा विश्वास हुँदैन र देशसँग इमानदारी नभएमा क्षति हुँदै जान्छ। अमेरिकाका संस्थापक फ्राङ्कलिन बेन्जामिनले भन्नु भएको थियोः इमानदारी सबभन्दा राम्रो रणनीति हो। तर हिजोआज केही अमेरिकी राजनीतिज्ञले व्यक्तिगत फाइदाका लागि आर्थिक तथा व्यापारिक समस्यालाई राजनीतिकरण गरेर पटक पटक गरी चीन-अमेरिका व्यापार वार्तामा हासिल भएका सहमतिसँग विपरीत काम गर्ने गरेकाले अमेरिकाको नामलाई पटक पटक वदनाम भएको छ। साथै वार्तामा पनि ठूलो कठिनाई उत्पन्न भएको छ। हालै अमेरिकाका उद्योग व्यवसायीहरूले वक्तव्य प्रकाशित गर्दै ह्वाइट हाउसले कर असुल्ने निर्णयबाट अमेरिकी किसान मजदूर तथा उपभोक्तामा बढीभन्दा बढी क्षति पुग्ने औँल्याएका छन्।

अमेरिकाले कर असुल्ने कदम चालेमा देशको मुख्य हित तथा जनताको आधारभूत हितको रक्षा गर्न चीनले बाध्य भएर आवश्यक जवाफी कदम चाल्ने छ। केही अमेरिकीले बारम्बार रूपमा आफ्नो वचनको उलंघन गरेमा वार्ता गर्दा राम्रो नतिजा प्राप्त हुनेछैन।

जानकारी तथा लेखहरु