फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अर्थहिन खेल विचार आफू र अरूको लागि हानिकारक

(GMT+08:00) 2019-08-04 19:01:32

चीनबाट अमेरिका निर्यात हुने ३ खर्ब अमेरिकी डलर बराबर सामानमाथि अमेरिकाले थप १० प्रतिशत कर असुल्ने जनाएको छ। यस्तो गतिविधिबाट चीन-अमेरिका राष्ट्रनायक बीच सम्पन्न ओसाका सहमति गम्भीर रूपमा उलङ्घन भएको र केही अमेरिकीले युगसँग अनुकूल नभएको सून्य सम अर्थात् अर्थहिन खेल विचारलाई छोड्न नचाहेको प्रतिविम्वित गरिएको छ। साथै यस्तो गतिविधिबाट चीन-अमेरिका व्यापार वार्तामा ठूलो बाधा खडा भएको छ। यसले दुई देशका जनता लगायत सम्पूर्ण विश्वका जनताको हितमा क्षति पुर्‍याइरहेको छ। यसका अतिरिक्त, सम्पूर्ण विश्वको अर्थतन्त्रको मन्दी खतरालाई पनि व्यापक बनाएको छ।

सून्य सम/ अर्थहिन खेल विचार भनेको प्रतिस्पर्धामा रहेका एक पक्षले लाभ पाएको अर्थ अर्को पक्षले क्षति पाएको हो। एक पक्षले हार्नुको अर्थ अर्को पक्षले जित्नु हो। दुवै पक्षको हित जोड्दा सँधै नै सून्य हुन्छ। यस्तो विचार सैद्धान्तिक दृष्टिकोणबाट हेर्दा हाँस उठ्तो र व्यवहारमा हानिकारक हुन्छ। बितेका एक वर्षमा केही अमेरिकीले चीनसँगको व्यापार वार्तामा परिवर्तित भई आफ्नो वचनको पालना नगरेको गतिविधिहरू नै सून्य सम खेल विचार लिएकाहरूको गतिविधि हो। वर्तमान खुला विश्व र विश्वव्यापीकरण लहरमा यस्तो विचार पिछडिएको र वास्तविकतासँग छुटिएकोले सबैले त्यागिसकेका छन्। यस कारण अमेरिकाले चिनियाँ सामानमाथि थप कर असुल्ने धारणा भन्नेबित्तिकै देशभित्रका विभिन्न पक्षको कडा विरोध पाएको छ।

बितेको एक हप्तामा पूँजी बजारको महत्वपूर्ण सूचकाङ्क अमेरिकी राष्ट्रिय ऋणको १० वर्षीय लाभ दर सन् २०१२ यता सबभन्दा तल्लो स्थानमा झरेको छ। यसबाट अमेरिकी अर्थको भविष्यप्रति पूँजी बजारलाई गहन रूपमा चिन्तित बनाएको प्रतिविम्वित हुन्छ। व्यापार द्वन्द्व चर्कँदै गएको प्रभावमा विश्व बैंकले जुन महिनामा चालू वर्ष सम्पूर्ण विश्वको आर्थिक बृद्धि दरलाई जनवरीको २.९ प्रतिशतबाट २.५ प्रतिशतमा झारेको थियो। अमेरिकाले चिनियाँ सामानमाथि नयाँ चरणको कर असुलेमा विश्व व्यापार संगठनको नियमको गम्भीर उलंघन हुने र विश्वको अर्थतन्त्रलाई अझ बिगार्दै जाने छ। जसबाट सम्पूर्ण विश्वको अर्थतन्त्रमा मन्दी छाउने छ। विश्वव्यापीकरणको आज सून्य सम खेल विचार साझा बिजयी विचारबाट हटाइनुपर्छ।

विश्वका ठूला आर्थिक एकाइ चीन र अमेरिका बीचको व्यापार समस्या जटिल हुन्छ र वार्तामार्फत समाधान गर्नुपर्छ। केही अमेरिकीहरूले चाँडै सून्य सम खेल विचार छोडेर वार्ताका लागि आवश्यक वातावरण सिर्जना गर्नुपर्छ।

चीनले वार्ता तथा परामर्शलाई चीन-अमेरिका व्यापार द्वन्द्व समस्याको समाधान गर्ने प्रथम छनौट हो भन्ने मानिरहेको छ। तापनि देशको मुख्य राष्ट्रिय हित र जनताको आधारभूत हितको संरक्षण गर्ने दृढता चीनसँग छ। वार्ताका लागि चीनको ढोका खुल्लै छ भने संघर्ष गरेमा चीन अन्त्यसम्म प्रतिरक्षामा अडिग हुनेछ।

जानकारी तथा लेखहरु