फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कृषि व्यापार स्थगित भएको अवस्थाको अमेरिकाले पूर्ण जिम्मा लिनुपर्छ

(GMT+08:00) 2019-08-06 09:59:59
हालै अमेरिकाले अमेरिका आयात हुने तीन खर्ब अमेरिकी डलरका चिनियाँ सामानमाथि थप दश प्रतिशत भन्सार कर लगाउने घोषणा गरेको छ जुन ओसाका वार्तामा चीन-अमेरिका राष्ट्रानायकबीच भएको सहमति विरूद्घ छ साथै सहमतिको गम्भीर रूपमा उल्लंघन भएको छ। चीनको राज्य परिषदमातहत भन्सार कर नियम समितिले निर्णय गरेअनुसार, अगष्ट ३ तारिखपछि लेनदेन भएका अमेरिकी कृषि सामानमा थप कर लगाउने संभावना रहने छ र चिनियाँ व्यवसायले अमेरिकी कृषि सामान किन्न बन्द गरिसकेको छ। यो नै अमेरिकाले फेरि कर थपेपछि चीनले चालेको आवश्यक जवाफी प्रतिक्रिया हो जसको तर्कसंगतता र वैधानिकता छ।

चीन र अमेरिका कृषि क्षेत्रको एक अर्काको ठूलो पूरक हो साथै कृषि व्यापार दुई पक्षका साझा हितसँग अनुकूल छ। दुई देशका नेताबीच ओसाका वार्ता भएपछि चीनले आन्तरिक मांग र बजारको सिद्धान्तको आधारमा अमेरिकी कृषि सामान खरीदमा धेरै प्रगति पाएको छ र ती खरीद गरेका नयाँ अमेरिकी कृषि सामानमाथि थप कर लगाउन बहिष्कार गर्न चिनियाँ व्यवसायले चीन राज्य परिषद भन्सार कर नियम समितिमाझ निवेदन पेश गरेको छ।

चीनले ओसाका वार्ता सहमतिलाई व्यवहारमा उतारेर ईमानदारी देखाएको छ तर अमेरिका उल्टो दिशातिर गएर थप कर लगाएको छ जसले चीन र अमेरिकाबीच हुनसक्ने अरू कृषि व्यापार अवस्थालाई पूर्ण रूपमा ध्वस्त बनाएको छ। त्यसैले चीनले अन्तिम उपायको रूपमा सम्बन्धित कदम चलाएको छ र राष्ट्रिय गौरव तथा आफ्नै हितको संरक्षण गर्ने त्यसको लक्ष्य रहेको छ। साथै चीनमाथि अमेरिकाको अति दबावको असर पर्ने छैन र उल्टै चीनले पनि जवाफी प्रतिक्रिया दिनुपर्ने छ।

चीन विश्वमा सबैभन्दा ठूलो कृषि सामान आयात गर्ने मुलुक हो भने अमेरिका विश्वमा सबैभन्दा ठूलो कृषि सामान निर्यात गर्ने मुलुक हो। कृषि व्यापारले चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धमा महत्वपूर्ण स्थान ओगटेको छ। हाल दुई पक्षलाई साझा फाइदा पुर्याइरहेको कृषि व्यापार फेरि अवरूद्ध भएको छ जसको जिम्मा अमेरिकाले लिनुपर्छ र सबै परिणाम अमेरिकाले सहन गर्नुपर्छ।

खेद यस कुरामा छ कि अमेरिकी कृषि उद्योग र किसान केही बेइमान अमेरिकीको ठूलो शिकार भएका छन्। यसअघि अमेरिकी कृषि संगठनले संयुक्त रूपमा वक्तव्य प्रकाशित गरी चीनमा निर्यात गर्ने भटमास, मकै, गहुँ आदि माथि अमेरिकाले लगाएको थप करको विरोध गर्नुका साथै अमेरिकी कृषि उद्योगलाई बजार आवश्यक भएको तर भन्सार कर होइन भन्ने कुरा उल्लेख गरेको थियो। लस एन्जलस टाइम्सले व्यापार युद्धबाट अमेरिकी कृषि अर्थतन्त्रलाई ठूलो विपत्तिमा ल्याइएको व्यक्त गरेको छ।

अमेरिकी किसानको हितबारे साँच्चिकै विचार गर्ने हो भने ती अमेरिकीहरूले सामान्य प्रवृति बुझेर चीन-अमेरिका नायक ओसाका वार्ता सहमतिलाई व्यवहारमा उतार्ने सही बाटोमा फर्केर चीनसँग दुई देशका कृषि सहयोगलाई आवश्यक शर्तको सिर्जना गर्नुपर्छ।

जानकारी तथा लेखहरु