फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमाथि विनिमय दर हेरफेरको झूटो आरोप ठेट एकपक्षीयवाद हो

(GMT+08:00) 2019-08-07 09:53:38
अमेरिकी वित्त मन्त्रालयले ६ तारिख चीनलाई विनिमय दरलाई हेरफेर गर्ने मुलुकको रूपमा राखेको छ। जुन अमेरिकी वित्त मन्त्रालय आफैले तयार गरेको तथाकथित् विनिमय दर हेरफेर मुलुकको मात्रात्मक मानकसँग अनुकूल छैन साथै अन्तर्राष्ट्रिय नियमलाई गम्भीर रूपमा ध्वस्त बनाएर विश्व अर्थतन्त्र र वित्त क्षेत्रमा ठूलो प्रभाव पारेको छ । यो हठी एकपक्षीयवाद र संरक्षणवाद गतिबिधि हो।

गत मै महिनामा अमेरिकी वित्त मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै तीन वटा मात्रात्मक मानकका अनुसार, एक वर्षमा अमेरिकासँग व्यापारको बचत बीस अर्ब अमेरिकी डलर नाघेको विषय मात्र चीनसँग मिलेको छ। विनिमय दर हेरफेर गरी अन्याय रूपमा व्यापारिक श्रेष्ठता पाएको देखिँदैन। तर दुई महिनापछि अमेरिकी वित्त मन्त्रालयले आफ्नो उक्त निश्कर्ष अस्वीकार गरी हटाएको छ। यो नै ठेट आफ्नो फाइदासँग अनुकूल रहेमा स्विकार गर्ने र नरहेमा त्याग्ने व्यावहारिकता हो।

विश्व व्यापार संगठन र अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आइएमएफबीच सम्पन्न भएको सहमतिका अनुसार, आइएमएफ अन्तर्राष्ट्रिय विनिमय दर व्यवस्थापनको विशेष एकाइ हो त्यसको पेशागत काम नै विनिमय दर मुलुक हो कि होइन भन्ने मूल्याङ्कन गर्ने हो। अमेरिकासँग अरू देशको विनिमय दरमाथि एकपक्षीय मूल्याङ्कन गर्ने अधिकार छैन। भर्खरै समापन आइएमएफको परामर्श सम्मेलन अनुसार, आरएमबी विनिमय दर आधारभूत नियमसँग मिलेको आइएमएफको निश्कर्ष छ। अमेरिकाले बहु-पक्षीय नियम र आधिकारिक संगठनको मूल्याङ्कनको विपरित रहेर स्वैच्छिक रूपमा चीनलाई विनिमय दर हेरफेर मुलुकको रूपमा राखेको छ। यो नै ठेट एकपक्षीयवाद र व्यापारिक संरक्षणवाद गतिबिधि हो जसबाट अमेरिकाको प्रभूत्व जमाउने मानसिकता देखिएको छ।

अगष्त महिनादेखि आरएमबी विनिमय दरमा केही मूल्य ह्रास आएको छ। एकपक्षीयवाद र व्यापारिक संरक्षणवादका साथै चीनमाथि अमेरिकाले लगाएको थप करका कारण यस्तो अवस्था देखिएको हो। यो नै बजारको आपूर्ति तथा मांग र अन्तर्राष्ट्रिय विनिमय दर बजारमा देखिएको उतार चढावको सही प्रतिबिम्ब हो। चीनले बजारको आपूर्ति-मांगआधारित, मुद्राको टोकरी नीतिबमोजिम समन्वय र व्यवस्थित रूपमा उत्रने विनिमय दर नीति अपनाएको छ। बजारको आपूर्ति-मांगले विनिमय दरमाथि निर्णायक भूमिका निर्वाह गरेको छ। विश्वको दोस्रो ठूलो आर्थिक समूहको रूपमा रहेको चीनले जी बीस समूह शिखर सम्मेलनअनुसार विनिमय दरसम्बन्धी वचनको पालना गरिरहेको छ अर्थात् सन् २०१८ देखि अमेरिकाले व्यापार संघर्षलाई चर्काइरहेयता प्रतिस्पर्धात्मक मूल्यह्रास नगर्ने र विनिमय दरलाई साधनको रूपमा प्रयोग गरी व्यापार संघर्षको सामना नगर्नेमा चीन अडिग रहने छ।

चीनमाथि अति दबाव दिएर बजारको अपेक्षामाथि हस्तक्षेप गरी चीनको अर्थतन्त्र दबाउनु नै अमेरिकाले चीनलाई विनिमय दर हेरफेर मुलुकको रूपमा राख्नुको प्रमुख लक्ष्य हो। तर यस्तो गतिबिधिबाट आफूलगायत सबैलाई हानि मात्र पुग्नेछ साथै वित्तीय बजार उथलपुथल हुनुका साथै अन्तर्राष्ट्रिय व्यापार र विश्व आर्थिक पुनःउत्थान समेत रोकिने छ। अमेरिकाले आफ्नो रचनात्मक समस्याको राम्ररी समाधान गर्नुपर्छ तर निराधार रूपमा अरूलाई विनिमय दर हेरफेरको झूटो आरोप लगाउनु हुँदैन।

जानकारी तथा लेखहरु