फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

षड्यन्त्रमुलक बिनिमयदरको निहुँले विश्वलाई हानी पुग्ने

(GMT+08:00) 2019-08-09 18:57:56

अमेरिकी बित्त मन्त्रालयले हाल चीनलाई बिनिमय दरको नियन्त्रण मुलुक मानेको कुराले बहुपक्षीय नियम विपरीत हुनुका साथै सारा विश्वको मतैक्यलाई पनि ध्वस्त पारेको छ। त्यसप्रकारको गैरजिम्मेवार र षडयन्त्रमुलक कामले सारा विश्वलाई हानी पुर्‍याएको मात्र नभई आफूलाई दु:ख दिने गरेको छ।

हाल एकपक्षीयतावाद र संरक्षणवाद चर्कंदैआएको सिलसिलामा सारा विश्व सामु देखा परेको खतरा झन् स्पष्ट भएको छ। सारा विश्वका अघिल्ला दुईवटा आर्थिक समुदाय र सारा विश्वको मूल्य मान्यतामा रहेका दुईवटा ठूला केन्द्रको रुपमा रही चीन र अमेरिका दुवै देशको जीडीपीको कूल मात्राले सारा विश्वको कूल जीडीपीको ४० प्रतिशत स्थान ओगटेको छ। द्बिपक्षीय आर्थिक र व्यापारिक सम्बन्ध सारा विश्वको आर्थिक बृद्धिको भविष्यसँग घनिष्ट सम्बन्ध रहेको छ।

गत वर्षदेखि अमेरिकाले चीनसमक्ष भन्सार करको दबाव दिएर द्बिपक्षीय आर्थिक-व्यापारिक सम्बन्धलाई हानी पुर्‍याएको मात्र नभई सारा विश्वको लगानी र उपभोक्तामा गम्भीर असर पनि पारेको छ। हाल अमेरिकाको यस प्रकारको कामले आर्थिक विकासको वातावरणलाई अझ बिगार्नुका साथै अन्तर्राष्ट्रिय व्यापार र सारा विश्वको आर्थिक पुन:रुत्थानमा पनि बाधा पुर्‍याएको छ।

जानकारी तथा लेखहरु