फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आइएमएफको प्रतिवेदनबाट "चीनले बिनिमय दरको नियन्त्रण गरेको" अमेरिकी भनाइ विफल

(GMT+08:00) 2019-08-11 14:06:23

अन्तर्राष्ट्रिय मुद्रा कोष संगठन (आइएमएफ)ले अगष्ट ९ तारिख चीनको वार्षिक चौथो चरणको प्रतिवेदन जारी गर्दै सन् २०१८ मा चिनियाँ युआनको बिनिमय दर स्तर र आधारभूत आर्थिक अवस्थासित मोटामोटी रुपमा मेल खाएको कुरा जनाएको छ। त्यस प्रतिवेदनबाट "चीनले बिनिमय दरको नियन्त्रण गरेको" अमेरिकी भनाइ निराधार र विफल भएको प्रतिबिम्बित हुन्छ।

अन्तर्राष्ट्रिय मुद्रा प्रणालीको स्थिरताको संरक्षण गर्ने आधिकारिक संस्थाको हैसियतले आइएमएफले आफ्नो कार्यक्रमको चौथो नियम बमोजिम प्रत्येक वर्ष सदस्य आर्थिक समुदायसँग छलफल गर्न आफ्नो कार्य-टोलीलाई पठाउने गर्दछ। सन् २०१५ को मे महिनामा आइएमएफले चिनियाँ युआनको बिनिमय दरलाई न्युन दृष्टिबाट मूल्याङ्कन नगर्ने निष्कर्ष निकालेको थियो। भर्खरै सम्पन्न भएको चीनका लागि चौथो नियम सम्बन्धी छलफल क्रममा आइएमएफले चिनियाँ युआनको बिनिमय दर मोटामोटी रुपमा आधार अवस्थासित अनुकूल भएकाले उच्च अथवा न्युन दृष्टिबाट त्यसको मूल्याङ्कन नगरिएको कुराको पुनर्पुष्टि गरेको छ।

केही समयदेखि चिनियाँ युआनको बिनिमय दरमा केही तल झरेको कारण बजारको आपूर्ति र माग बीचको सम्बन्धद्बारा गरिएको नतिजा हो। अमेरिकी बित्त मन्त्रालयले तथ्य कुराको बावजुद बिनिमय दरमा हस्तक्षेप नगर्ने कुरालाई बिनिमय दरको नियन्त्रण गरेको भन्दै तथ्य कुरालाई बङ्ग्याएकाले आधारभूत ज्ञान विपरीत हुनुका साथै राजनीतिक तरिकामार्फत व्यावसायिक भावनालाई अपमान गरेको छ।

जानकारी तथा लेखहरु