फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र जापान सहयोगमा सकारात्मक उर्जा थपिने

(GMT+08:00) 2019-08-12 18:52:10
चीन र जापानका उप विदेश मन्त्रीले जापानको नागानोमा नयाँ चरणको चीन-जापान रणनीतिक वार्तालाई संयुक्त रुपमा अध्यक्षता गरेका छन्। चीन र जापानले सात वर्षपछि यो वार्ता प्रणालीलाई पुनःशुरु गरेका हुन्। दुवै पक्षले चीन र जापानका नेताद्बारा ओसाका वार्तामा सम्पन्न सहमतिलाई सकारात्मक रुपमा कार्यान्वयन गर्ने पुष्टि गरेका छन्। दुवै पक्षले नयाँ युगको आवश्यकता पूरा गर्नका लागि चीन र जापान सम्बन्धलाई निर्मा‌ण गर्ने सहमति गर्दै चीन र जापान बीचको सम्बन्ध अझ न्यानो बनाउने सकारात्मक संकेत दिएका छन्।

चीन-जापान रणनीतिक वार्ताको पहिलो चरण सन् २००५ को मे महिनामा आयोजना भएको थियो। सन् २०१२ को जुन महिनामा तेह्र चरणमा वार्ता आयोजना भएको थियो। चीन-जापान रणनीतिक वार्ताबाट दुवै मुलुकको राजनीतिक आपसी विश्वास प्रबर्द्धन, रणनीतिक र पारस्परिक लाभदायक सम्बन्धहरूको पहिचान गर्दै अगाडि बढाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। तर जापानको क्रमबद्ध गलत गतिबिधिहरुबाट रणनीतिक वार्ता अवरुद्ध भएको थियो।

विश्व परिस्थितिमा जटिल परिवर्तन भइरहेको सन्दर्भमा अमेरिकाले एकतर्फी र संरक्षणवाद बढाइएको छ र विश्वमा व्यापार संघर्ष चलिरहेको छ। यस्तो परिस्थितिमा विश्व अर्थतन्त्रमा ठूलो जोखिम देखा परेको छ। अमेरिकाको ठूलो व्यापार तवावबारे जापानलाई पनि महसुस भएको छ। अर्को पक्ष चीन र जापान छिमेकी मुलुक हुन् र अर्थव्यवस्था अत्यधिक पूरक छन्। दुवै मुलुकको हित घनिष्ट मिलेको छ। सन् २००७ देखि चीन जापानको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक हो। गत वर्ष दुवै मुलुकको व्यापार रकम तीन खर्ब सत्ताईस अर्ब छैसट्ठी करोड अमेरिकी डलर पुगेको छ। यो सन् २०१७ को तुलनामा ८.१ प्रतिशतले बृद्धि भएको हो।

चीन र जापान बीचको सम्बन्ध झन् झन् न्यानो भइरहेको छ। गत वर्ष चीन-जापान शान्ति तथा मैत्री सन्धिमा सहमति भएको चालिसौं वार्षिकोत्सवको अवसरमा चीनका प्रधानमन्त्रीले जापानको भ्रमण गर्नुभयो। जापानका प्रधानमन्त्री पनि चीन भ्रमणमा आउनु भयो। सोबाट दुवै मुलुक बीचको सम्बन्ध सही विकास बाटोमा फर्केको प्रतीत हुन्छ। यस वर्षको जुनमा आयोजित जी २० ओसाका शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जापानका प्रधानमन्त्री शिन्जो अबेसँग भेट-वार्ता गर्नुभयो। वार्तामा नयाँ युगको आवश्यकताहरू पूरा गरिएको चीन र जापानी सम्बन्धलाई निर्माण गर्नका लागि दश वटा बुँदामा सहमति भएका छन्।

सात वर्षपछि चीन-जापान रणनीतिक वार्ता फेरि एक पटक आयोजना हुनु सकारात्मक पक्ष हो। भविष्यमा दुवै पक्षले राजनीतिक आपसी विश्वास लगातार बढाउने, प्रबिधि सिर्जना, बौद्धिक सम्पत्तिको सुरक्षा, आर्थिक-व्यापारको लगानी, वातावरणको सुरक्षा, पर्यटन आदि क्षेत्रका सहयोगलाई बढाउन आवश्यक छ।

चीन-जापानी सम्बन्ध सुधार गर्ने अवसरलाई पक्रन सक्नुपर्छ। दुई देशहरूलाई लामो समयदेखि सताएको संवेदनशील सम्बन्धहरू अझै जिबित छन्। त्यसैले दुवै पक्षले दुवै मुलुकका नेताद्बारा ओसाका सहमतिलाई मनमा राखेर संवेदनशील मुद्दाहरूलाई राम्रो रुपमा समाधान गर्ने र द्वन्द्वलाई रचनात्मक रुपमा निवारण गर्न आवश्यक छ।

जानकारी तथा लेखहरु