फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हंगकंगमा बाहिरी अदृश्य हातको हस्तक्षेप कहिले स्वीकार्य हुन्न

(GMT+08:00) 2019-08-14 11:06:38

हाल हंगकंग विशेष प्रशासनिक क्षेत्रमा गम्भीर अवैध हिंसात्मक घटना चर्कंदैगएको छ। हाल पश्चिमा मुलुक अदृश्यबाट स्पष्ट रूपमा अगाडि आउँदै समस्या खडा गरेका छन् र अवैध गतिविधि गर्न उक्साएका छन्। उनीहरूले उग्रवादी हिंसात्मक तत्वलाई निर्देशन गर्दै हाकाहाकि रूपमा हंगकंग मामिलामाथि हस्तक्षेप गरेका छन्।

पश्चिमा मुलुकका केही व्यक्तिको यस्ता कपटी र धूर्त गतिविधिलाई कुनै सार्वभौमिक देशले अनुमति दिंदैन। चीनले कहिले पनि पछाडिको हातलाई हिंसात्मक गतिविधि गर्न तथा हंगकंगको शासनमाथि हस्तक्षेप गर्न दिने छैन।

जुन महिनामा हंगकंगका उग्रवादी तत्वले विधेयकको संशोधनको विरोधको नाममार्फत अनेकन हिंसात्मक घटना गरेदेखि बेलायत, अमेरिकालगायत पश्चिमा मुलुकका केही व्यक्ति ज्यादै उत्साहित भएका छन्। बेलायतका पूर्व विदेश मन्त्री जेरेमी हन्टले हंगकंगमा जुन १२ तारिखमा घटेको उक्त दङ्गाबारे जाँचबुझ गर्न आग्रह गरेका थिए। अमेरिकाका उपराष्ट्रपति र विदेशमन्त्रीले छुट्टा-छुट्टै रूपमा चीनविरोधी तत्वसँग भेट गरेका थिए। केही पश्चिमा राजनीतिज्ञहरूले "मानव अधिकार" र "प्रजातन्त्र"को झण्डा उठाएर दोहोरो-मापदण्ड लिएका छन्। उनीहरूले हिंसात्मक गतिविधि र शान्तिपूर्ण प्रदर्शनलाई अलमलाएर हाकाहाकि रूपमा हिंसात्मक गतिविधिलाई बढाएर यसलाई असल रूपमा प्रस्तुत गर्नुका साथै हंगकंग विशेष प्रशासनिक क्षेत्रीय सरकार र प्रहरीले कानूनबमोजिम शासन र व्यवस्थापनको संरक्षण गर्ने कदमको निन्दा गरी चिनियाँ केन्द्रिय सरकारले हंगकंगको स्वतन्त्रता र अधिकारलाई कम पार्ने भन्दै आलोचना गरेका थिए। उनीहरूको भनाइ र गतिविधि कति निन्दनीय छ।

हाल हंगकंग मामिलामाथि बाहिरी शक्तिको हस्तक्षेप झन् झन् बढ्दैआएको छ। बेलायतका विदेशमन्त्री डोमिनिक राबले पहिलेको उपनिवेशजस्तै गरी प्रत्यक्ष रूपमा हंगकंग विशेष प्रशासनिक क्षेत्रका प्रमुखलाई फोन गर्दै दवाव दिएका थिए। तर उनीसँग यस्तो हैसियत छैन। हंगकंगस्थित अमेरिकी अधिकारीले हंगकंगको स्वतन्त्रता संगठनका नाइकेसँग वार्ता गरेका फोटोहरू वेबसाइटमा देखिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले त्यसको प्रशंसा गरेका थिए। यो सार्वजनिक रूपमा अरू देशको आन्तरिक मामिलामाथि हस्तक्षेपकारी कदम हो। यो हाकाहाकि रूपमा अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमलाई बिथोल्नु हो। बाहिरी शक्तिको समर्थन र सहयोगमा हिंसात्मक गतिविधिले हंगकंगमाथि भयंकर ठूलो क्षति पुर्याएको छ। अहिले हंगकंगको खानपान उद्योगको लाभ दश वर्षयता सबैभन्दा कम हुनुका साथै चार मुख्य उद्योगहरूमध्येको एक पर्यटन क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ। यदि यस्तो समस्या बैंकिङ सेवा, व्यापार र रसद आदि उद्योग-व्यवसायमा पनि फैलिएमा हंगकंगको आर्थिक क्षति अनुमान गर्न कठिन छ।

त्यसैले गम्भीर भएर त्यस्ता हिंसात्मक गतिविधि चाल्ने बाहिरी शक्तिलाई सुनाउनुपर्छ – वर्तमान परिस्थितिको गलत रूपमा व्याख्या गर्नुहुँदैन। चिनियाँ केन्द्रिय सरकार र जनताले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र एकताको सुरक्षा गर्ने र हंगकंगको समृद्धि तथा स्थिरताको संरक्षण गर्ने सुदृढ विचार तथा अठोटलाई हल्का रूपमा लिनुहुँदैन। हंगकंगको घटनाको सामना गर्न चीनसँग पर्याप्त उपाय र शक्ति छ। चीनले हंगकंगमा बाह्य शक्तिको हस्तक्षेपलाई कुनै पनि अवस्थामा स्वीकार गर्ने छैन।

जानकारी तथा लेखहरु