फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ विमानस्थलमा हिंसात्मक गतिविधिको कडा निन्दा

(GMT+08:00) 2019-08-14 18:46:18

अगष्ट १३ तारिख रातिदेखि १४ तारिख विहानसम्ममा ठूलो संख्याका प्रदर्शनकारीले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अबैध रूपमा भेला भएर मुख्य भूमिका एक जना पत्रकारलाई तथा बासिन्दालाई घेरेर कुटपिट गर्दै उनीहरूलाई शारिरिक तथा मानसिक क्षति पुर्‍याएका छन्। ती हिंसात्मक गतिविधिहरूको हङकङबासीहरूले कडा निन्दा गर्दै हङकङ समाजको शान्तिको पुनर्स्थापना चाँडै गर्न आशा व्यक्त गरेका छन्।

१४ तारिख विहान देशबन्धु तथा हङकङप्रेमी व्यक्तिहरूले हङकङ प्रहरी मुख्यालयमा प्रहरीलाई समर्थन गर्दै आधारी पत्र दिएका छन्। हङकङ चीन वाणिज्य संघ परिषदका उपाध्यक्ष एन्टोनिओ चेनले विमानस्थलमा भएको हिंसात्मक गतिविधिको कडा निन्दा गर्दै लामो समयसम्म चलेको हिंसात्मक गतिविधिबाट हङकङको अर्थतन्त्रमा गम्भीर असर पारिसकेको बताउनु भएको छ। खुद्रा बिक्री उद्योगको आम्दानीको घटावा दर अगष्ट महिनामा १० प्रतिशत भन्दा बढी हुने अनुमान गरिएको छ।

बिमा तथा चिकित्सा क्षेत्रमा कार्यरत हङकङबासी श्रीमती लोले लगातार भइरहेको हिंसात्मक गतिविधिबाट आफ्नो कम्पनीमा पुगेको क्षति बिक्री परिमाणको आधाभन्दा बढी पुगेको बताउनु भएको छ। हालै भइरहेको प्रदर्शन तथा हिंसात्मक गतिविधिबारे चर्चा गर्दै हङकङ चीन वाणिज्य संघका अध्यक्ष क्वीनी चेनले प्रहरी हङकङ समाजको सुरक्षामा टेवा दिने शक्ति हो र समाजिक स्थिरताको संरक्षण गर्ने अन्तिम शक्ति भएकोले प्रहरीलाई कानुन वमोजिम काम गर्न दृढ समर्थन दिने विचार व्यक्त गर्नु भएको छ।

हालै हङकङका उग्र हिंसात्मक तत्वहरूको गम्भीर हिंसात्मक गतिविधिबाट ७० लाख हङकङबासीको सामान्य जीवन, कार्य तथा यातायातमा ठूलो प्रभाव पारेको छ। हङकङबासी श्रीमती लीका परिवार १९ तारिख विमानबाट हङकङ फर्कने योजना छ। हङकङ चाँडै शान्त हुने आशा श्रीमती लीले व्यक्त गर्नु भएको छ।

जानकारी तथा लेखहरु