फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्थिर रुपमा चिनियाँ अर्थतन्त्रको विकास

(GMT+08:00) 2019-08-14 18:53:14
चिनियाँ राष्ट्रिय तथ्याङ्क ब्युरोले आज अगष्ट चौध तारिख यस वर्षको पछिल्लो सात महिनाको चीनको आर्थिक तथ्याङ्कलाई सार्वजनिक गरेको छ। चीनको अर्थतन्त्र निरन्तर रूपमा उचित परिधिमा चलेको छ र स्थिर रुपमा विकास भइरहेको उक्त तथ्याङ्कले पुष्टि गरेको छ।

चिनियाँ अर्थव्यवस्था अवलोकन गर्दा सामान्य प्रवृत्तिमा निर्भर रहने र छोटो अवधिमा उतार-चढाव नदेखिने अवस्थाको छ। चीनमा जुलाईको केही तथ्याङ्क अघिल्लो जुन महिनाको तुलनामा केही घटेको छ तर पछिल्ला सात महिनामा चीनको अर्थतन्त्र निरन्तर रूपमा उचित परिधिमा रहेको छ। पछिल्ला सात महिना चीनको ठूला उद्योगको मान थपिएको छ र सेवा उद्योग उत्पादन सूचकांक क्रमश ५.८ र ७.१ प्रतिशतले बृद्धि भएको छ। देशभर छयासी लाख सत्तरी हजार नयाँ रोजगारहरु थपिएका छन्। पछिल्ला सात महिना चीनको आर्थिक संरचना अनुकूलन हुँदै आएको छ।

अमेरिकाले व्यापारी द्वन्द्व लगातार बढाइरहेको र बाह्य अनिश्चितता बढे पनि चीनको आर्थिक अवस्था स्थिर रुपमा विकास भइरहेको छ। चीन सरकारले सकारात्मक अर्थ नीति र स्थिर मौद्रिक नीति लागू गरेको छ। पछिल्ला सात महिना चीनको आयात-निर्यात ४.२ प्रतिशतले बृद्धि भएको छ। चीनले वास्तविक रुपमा प्रयोग गरेको विदेशी पूंजी गत वर्षको सोही अवधिको तुलनमा ७.३ प्रतिशतले बृद्धि भएको छ।

हालै चीनको आर्थिक वृद्धिदर विश्वको मुख्य अर्थतन्त्रहरूमा अगाडि रहेको छ र चीनको आर्थिक विकास विश्वको आर्थिक बृद्धिका लागि एक शक्तिशाली इञ्जिन बनेको छ।

जानकारी तथा लेखहरु