फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ आर्थिक गतिको उर्जाले चीनको अर्थव्यवस्थालाई समर्थन

(GMT+08:00) 2019-08-15 16:23:41
चीनले पछिल्लो सार्वजनिक प्रतिवेदन अनुसार, यस वर्षको पछिल्लो सात महिनामा राष्ट्रिय उच्च प्रबिधि उत्पादन क्षेत्रको बृद्धिदर गत वर्षको सोही अवधिको तुलनामा ८.७ प्रतिशतले बढेको छ र ठूला उद्योगको तुलनामा २.९ प्रतिशतले वृद्धि भएको छ। उच्च प्रबिधि उत्पादन क्षेत्र र उच्च प्रबिधि सेवा क्षेत्रको लगानी गत वर्षको तुलनामा क्रमशः ११.१ प्रतिशत र ११.९ प्रतिशतले बढेको छ। बाहिरी वातावरण दिन प्रतिदिन जटिल र गम्भिर बनेता पनि चीनको आर्थिक नयाँ गतिको उर्जा बढ्दै छ र चुनौतिहरूको प्रतिरोध गर्न तथा भविष्यको अर्थव्यवस्थाको उच्च-गुणस्तरको विकासलाई समर्थन गर्न नयाँ गतिको उर्जा एक महत्वपूर्ण शक्ति बनेको छ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र, चीनले नयाँ चरणको प्रबिधि उत्पादनको सुधार गरिरहेको छ। चीनले केवल आर्थिक बृद्धिको गतिलाई मात्र पछ्याइरहेको होइन बढी कुशल, बढी दक्ष आपूर्ति, उच्च संरचना र अधिक दिगो विकासको आर्थिक बृद्धिदरलाई पनि पछ्याइरहेको छ। तीमध्ये नयाँ गतिको उर्जा निर्माण, लगातार उच्च गुणस्तरीय विकासको महत्वपूर्ण विषय बनेको छ।

तथ्याङ्कका अनुसार, सन् २०१५ देखि २०१७ सम्म चीनको आर्थिक विकास नयाँ उर्जा सूचकाङ्क वार्षिक बृद्धिदर २८ प्रतिशतल पुगेको छ। गत वर्ष नयाँ उद्योग, नयाँ ढाँचा, नयाँ व्यापार प्रतिनितित्व गरिएको चीनको नयाँ आर्थिक वृद्धि रकम कूल रकममा १६.१ प्रतिशत ओगटेको छ। यसका साथै विश्व बौद्धिक सम्पत्ति संगठनद्बारा हालै सार्वजनिक सन् २०१९ विश्व सिर्जना सूचकांकमा चीन १४औँ स्थानमा छ।

केही वर्षदेखि चीनले बजार प्रणालीको भूमिका पूर्ण रुपमा निर्वाह गरिरहेको छ। सरकारले प्रबिधि सिर्जनालाई प्रोत्साहन गर्नका लागि क्रमबद्ध नीति लागू गरेको छ। जस्तै वित्तीय नीति समर्थनलाई सशक्त पार्न जोडदार रूपमा लगानी पूँजी र उद्यम पूँजी जस्ता कोषहरू विकास गर्न र प्रमुख वैज्ञानिक अनुसन्धान सुविधाहरू तथा आधारभूत अनुसन्धान मन्चहरू जस्ता नवीन संसाधनहरूको खुला र साझेदारलाई बढाउन, वैज्ञानिक र प्राविधिक उपलब्धिहरूको रूपान्तरण र पदोन्नति बढाउने छ।

पश्चिमी मुलुकका केही व्यक्तिले चीनको आर्थिक विकासको गतिबारे धेरै झुटो प्रचार गरेका छन्। चीनको आर्थिक द्रुत गतिले विकास भइरहेका बेला उनीहरुले "चीनले अरु देशलाई क्षति पुर्‍याउने सिद्धान्त" भन्दै गलत व्याख्या गरेका छन्। चीनको आर्थिक एक उचित अन्तरालमा चलिरहेका बेला, उनीहरुले चिनियाँ अर्थव्यवस्था पतन हुँदैछ भनेका छन्। यी कुराहरुले आर्थिक विकासको व्यवस्थालाई उल्लंघन गर्ने र चीनलाई बदनाम गर्ने गरिरहेका छन्। वास्तवमा तिनीहरू आफ्नै देशको अर्थव्यवस्थाबारेमा चिन्तित हुनुपर्दछ।

अमेरिकी व्यापार मन्त्रालयको तथ्यांक अनुसार, यस वर्षको दोस्रो त्रैमासिक अवधिमा अमेरिकी आर्थिक बृद्धि दर २.१ प्रतिशत रहेको छ। यो पहिलो त्रैमासिकको ३.१ प्रतिशतको तुलनामा धेरै कम हो। सोबाट व्यापार संघर्षबाट अमेरिकी निर्यात र व्यवसायको लगानीमा नकारात्मक प्रभाव पारेको छ।

जानकारी तथा लेखहरु