फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले भन्सार कर बढाएपछि चीनको जवाफी कारवाही

(GMT+08:00) 2019-08-15 19:39:02
अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयले तीन खर्ब अमेरिकी डलरका चिनियाँ मालसामानका लागि १० प्रतिशत भन्सार कर असुल्ने घोषणा गरेको छ। यसप्रति चीनले आज अगष्ट पन्ध्र तारिख आवश्यक जवाफी कदम चाल्ने बताएको छ।

अमेरिकाको उक्त कार्यले गम्भीर रुपमा चीन र अमेरिकाका दुई नेताले गरेको सहमतिलाई उल्लङ्घन गरेको छ। अमेरिकाले फेरी भन्सार कर बढाएकोमा चीनले सम्बन्धित जवाफी कारवाहीको कदम लागू गर्ने निर्णय गरेको हो। चीनको यो निर्णय सम्पूर्ण रुपमा उचित रहेको बताइएको छ।

चीनले व्यापार युद्ध चाहेको छैन तर पनि चीन डराएको छैन। आवश्यक अवधिमा द्दढताका साथ जवाफी कार्य गर्ने चीनको अडान निरन्तर रहनेछ।

जानकारी तथा लेखहरु