फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्वेत पत्रबाट सिन्च्याङको पेशागत शिप शिक्षा तालिम कार्यका तीनटा झुटको पर्दाफास

(GMT+08:00) 2019-08-16 19:44:45

चीन सरकारले अगष्ट सोह्र तारिख सिन्च्याङको पेशागत शिप शिक्षा तालिम कार्य श्वेत पत्र सार्वजनिक गरी पेशागत शिप शिक्षा तालिम केन्द्र स्थापना हुने पृष्ठभूमि, तालिम हुने विषय, संचालन भएको प्रभावकारीलगायत विषयबारे अन्तर्राष्ट्रिय समूहलाई स्पष्ट व्याख्या र जानकारी दिएको छ। यसका साथै तथ्यको आधारमा त्यसमाथि केही पश्चिमीहरूले बनाएका तीनवटा झुटलाई निस्तेज बनाएको छ। सिन च्याङको पेशागत शिप शिक्षा तालिम केन्द्र स्कुल हो तर पश्चिमीहरूले भनेको जस्तो जेल होइन। तालिम केन्द्रले युगुर जातिलगायत अल्पसंख्यक जातिलाई सांस्कृतिक सफाइ गरेको छैन। तालिम केन्द्रले इस्लाम धर्मलगायत धार्मिक विश्वासमाथि कुनै पनि दबाव वा आक्रमण गरेको छैन।

तथ्यबाट प्रमाणित भएको छ कि पेशागत शिप शिक्षा तालिम केन्द्रलगायत अनेकौँ आतंकबाद र उग्रवाद विरोधी कदमले सिन च्याङका विभिन्न जातिका जनताको ज्यान अधिकार, स्वास्थ्य अधिकार, विकास अधिकारको व्यावहारिक रूपमा संरक्षण गरेको छ। आतंकवाद मानव जातिको ऐजेरु हो भने पश्चिमी मुलुकलगायत धेरै मुलुकलाई त्यसको सिकार बनेका छन्। केही पश्चिमीहरूले दैध चरित्र छोडेर उक्त सिन च्याङ पेशागत शिप शिक्षा तालिम कार्यको श्वेत पत्र दतचित भएर हेर्नुपर्छ अनि सिन च्याङमा उग्रवाद हटाउने प्रयास र प्रभावकारीमाथ प्रहार गर्ने सोचाइ छोड्नुपर्छ।

जानकारी तथा लेखहरु