फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा संचालित गोथाइ कपमा नेपाली युवा

(GMT+08:00) 2019-08-17 14:50:38

चीनको छिङताउमा भएको गोथाइ कप फुटबलमा नेपालले समूह चरणमा निराशाजनक प्रदर्शन गरेको छ। नेपालले खेलेका चारमध्ये एकमात्रै जित हासिल गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

१२ वर्ष उमेर समूहमा भाग लिएको नेपालले चारमध्ये छिन चाओ एक्सपेरिमेन्टसँग ४–२ ले, बेइजिङ छिलिन फुटबल क्लबसँग १–० र उरूमुछी होप फुटबल क्लबसँग ३–१ ले गुमाएको थियो। एचजेडएचएक्स फुटबल क्लबसँगको खेलमा ४–३ ले जितेको नेपाली टोली समूह चरणबाटै बाहिरिएको छ। ८–८ खेलाडी उत्रने प्रतियोगिता ४० मिनेट खेलाइएको थियो। प्रतियोगिता आयोजनास्थल सान्तोङमा टाइफुन आएका कारण नेपालले एक खेल आधा घण्टा मात्रै खेलेको थियो।

प्रतियोगिताको खेल सकिए पनि नेपालले अहिले मैत्रीपूर्ण फुटबल खेलिरहेको छ। नेपालले पाकिस्तान, ताइवान, मंगोलिया र चिनियाँ क्लबहरूसँग मैत्रीपूर्ण खेल खेलेको छ।

सन् २०१६ देखि सान्तोङ प्रान्तले बर्सेनि आयोजना गर्दै आएको यस प्रतियोगितामा नेपालले तीनपल्ट भाग लिए पनि सहभागितामा मात्रै चित्त बुझाउनुपरेको छ। 'हाम्रो त एक्सपोजर मात्रै हो। जर्मनी, ब्राजिल, इटाली, अर्जेन्टिना, स्पेन, पोर्चुगललगायतका एकदमै राम्रा टिम सहभागी थिए,' जुनियर फुटबल एकेडेमीमा संलग्न नेपाली टिम म्यानेजर सुवास गौलीले भने।

छिङताउ सहरले छङयाङलाई स्पोर्ट्स सिटी बनाउन खोजेको बताउँदै गौलीले फुटबलमा कमजोर मानिने चीनले नयाँ उत्थान गर्न खोजेको हुनसक्ने बताए। उनले भने, 'सानैदेखि फुटबलमा निकै फूर्तिला बच्चाहरू हुर्काइरहेकाले चीनले साँच्चिकै फुटबलमा केही गर्न खोजेको देखिन्छ। निकै राम्रो पूर्वाधार र सुविधा बनाउँदै गएको छ।' नेपाली जुनियर फुटबल टोली सोमबार नेपाल फर्किने कार्यक्रम छ।

जानकारी तथा लेखहरु