फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ सम्बन्धी अमेरिकी धारणाप्रचि चीनको प्रतिक्रिया

(GMT+08:00) 2019-08-17 16:24:25
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले हिजो अगष्ट सोह्र तारिख अमेरिकाले हालै सार्वनजिक गरेको हङकङ सम्बन्धी धारणाप्रति पत्रकारले सोधेको प्रश्नको जवाफ दिनुभएको छ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नेताले प्रत्यक्ष रुपमा प्रदर्शनकारीसँग भेट गरी वार्ता गरेमा हङकङ समस्यामा खुशी र उचित नजिता देखिने बताउनुभएको छ। ट्रम्पले चीनद्वारा मानवीय दृष्टिकोणले हङकङ समस्याको समाधान गर्ने आशा लिएकोमा चीनले कस्तो टिप्पणी गरेको छ भन्ने पत्रकारले प्रश्न गरेका छन्। यसप्रति प्रवक्ता ह्वाले जवाफ दिनुभएअनुसार गत जुन महिनादेखि हङकङमा लगातार चर्कँदै आएको हिंसात्मक अपराध गतिविधिले कानुनी शासन र सामाजिक परिपाटीको उल्लङ्घन गर्दै हङकङको स्थिरता तथा समृद्धिलाई गम्भीर रुपमा ध्वस्त पारेको छ।"एक देश दुई व्यवस्था"को आधारभूत सिद्धान्तका सामु चुनौति देखिएको छ। वर्तमान सबैभन्दा महत्वपूर्ण कार्यभार भनेको कानुनबमोजिम हिंसात्मक गतिविधिको नियन्त्रण गर्दै सामान्य परिपाटीमा फर्काउनु हो। चीनको केन्द्रीय सरकारले प्रमुख कार्यकारी लिन चङ्ग य्वे अको नेतृत्वमा रहेको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका सम्बन्धित विभाग र कानुन विभागले ती हिंसात्मक अपराधलाई सजाय दिनेमा द्दढ समर्थन दिँदै जानेछ।

जानकारी तथा लेखहरु