फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङमा प्रदर्शनकारीले हिंसात्मक कार्य नगरेमा प्रहरीले शक्ति प्रयोग नगर्ने

(GMT+08:00) 2019-08-17 16:33:12
हङकङ प्रहरीले हिजो अगष्ट सोह्र तारिख जनाएअनुसार अबैध रुपमा भेला भएका चरम प्रदर्शनकारीलाई प्रहरीले पहिले शक्ति प्रयोग नगर्ने अडान राख्दै प्रदर्शनकारीको हिंसात्मक आक्रमणप्रति सक्दो प्रयासमा सबैभन्दा कम शक्तिको प्रयोग गर्दै आएको छ। हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी प्रहरी विभागअन्तर्गत च्यु लङ प्रहरी क्षेत्रका निर्देशक याङ्ग वन पिनका अनुसार प्रदर्शनकारीले हिंसात्मक कार्य नगरेमा प्रहरीको सुरक्षा लाइनमाथि प्रहार नगरेमा,प्रहरी प्रबन्धलाई ध्वस्त नपारेमा र प्रहरीमाथि आक्रमण नगरेमा प्रहरीले शक्ति प्रयोग गर्ने छैन। हङकङ प्रहरीले सधैं स्थानीय बासिन्दाको सुरक्षालाई प्राथमिकतामा राख्दै आएको छ। प्रदर्शनकारीको हिंसात्मक गतिविधिप्रति प्रहरीले केवल अन्तर्राष्ट्रिय मान्यता प्राप्त न्युनतम् शक्ति प्रयोग गरेको हो। केही समययता प्रहरीमाथि ठूलो दवाव रहेता पनि सम्पूर्ण विश्वास लिँदै हङकङको कानुनी शासनको संरक्षण गरेका छन्।

हङकङ प्रहरीले एक स्पष्ट सूचना प्रकाशित गरेअनुसार हङकङमा कानुन तोड्ने अवस्थामा आपराधिक शंकास्पद व्यक्तिलाई तत्स्थानमा पक्राउ नगर्नु भनेको प्रहरीले अपराध गर्न छुट दिएको होइन। प्रहरीले प्रमाण जम्मा गरेर कानुनबमोजिम आपराधीलाई सजाय दिनेछ।

जानकारी तथा लेखहरु