फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काश्मिर समस्यामा चीनको अडान प्रस्तुत

(GMT+08:00) 2019-08-17 17:05:29
स्थानीय समय अगष्ट सोह्र तारिख विहान संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा "भारत र पाकिस्तान समस्या" विषय सम्बन्धी अनौपचारिक छलफल आयोजना भएको छ। छलफलमा संयुक्त राष्ट्र संघको सचिवालयले हालै काश्मिरमा देखिएको परिस्थिति र संयुक्त राष्ट्र संघको भारत-पाकिस्तान सैन्य अवलोकन टोलीको कार्य अवस्थाबारे जानकारी गराएको छ।

छलफलपछि आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि चाङ च्युनले छलफलको अवस्था तथा काश्मिर क्षेत्रमा चीनको अडानबारे जानकारी दिनुभयो। उहाँले सुरक्षा परिषदका सदस्यहरुले काश्मिर क्षेत्रको परिस्थितिप्रति कडा चिन्ता व्यक्त गरेका छन् भन्दै सम्बन्धित पक्षले संयमता राख्दै परिस्थिति अझ चर्कंदै आएकाले एकतर्फी कारवाही नचाल्ने आशा पनि व्यक्त गर्नुभयो।

उहाँले भारतले संविधान संशोधनबाट क्षेत्रीय तनावपूर्ण स्थिति गराएको बताउनुभयो। चीनले हालै काश्मिर क्षेत्रको परिस्थितिप्रति कडा चिन्ता गरेको बताउँदै भारतको यो कदमले चीनको सार्वभौमिक अधिकारहरूलाई पनि चुनौती दिएको औँल्याउनुभयो। उहाँले दुई देश बीचको सीमा क्षेत्रमा शान्ति कायम गर्ने सम्झौताको उल्लंघन गरिएको बताउनुभयो।

भारत र पाकिस्तान चीनका छिमेकी मित्रराष्ट्र रहेको बताउँदै ठूला विकासोन्मुख मुलुक र विकासको महत्वपूर्ण समयमा रहेका दुवै मुलुकले राष्ट्रिय विकासलाई मध्य रूपमा लिएर शान्ति उपायमार्फत मतभेद हटाई क्षेत्रीय शान्ति र स्थिरताको संयुक्त रुपमा सुरक्षा गर्न चीनले आह्वान गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु