फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फेडएक्सले कानुन उल्लङ्घन गरेकोमा कठोर सजाय भागिदार बन्नुपर्ने

(GMT+08:00) 2019-08-18 18:52:12
चीनको फू च्येन प्रान्तको फू चौ शहरका प्रहरीले हालै एउटा अलार्म प्राप्त गरेको छ। फू च्येनमा एउटा कम्पनीले अमेरिकी ग्राहकबाट प्याकेज प्राप्त गर्‍यो। यो प्याकेजमा राइफल थियो र यो प्याकेज अमेरिकी फेडएक्सद्वारा पठाइएको थियो। चीनका सम्बन्धित विभागले फेडएक्समाथि जाँचबुझ सुरु गरेदेखि यो अर्को गम्भिर अवैध व्यवहार हो।

राइफल घातक वस्तुहरूमध्ये एक हो। चीनमा राइफलबारे धेरै गम्भिर कानुन छ। "जनगणतन्त्र चीन राइफल प्रबन्ध कानुन"लाई उल्लंघन गरिएको गतिविधि कानुन अनुसार फौजदारी अपराध हुनेछ।

तीस वर्षभन्दा लामो समयदेखि फेडएक्सले चीनमा व्यवसाय सञ्चालन गर्दै आएको छ। चीनमा व्यवसाय संचालन गर्नका लागि चिनियाँ कानुन र नियमहरूसँग परिचित र उद्योग नियमहरूको पालना गर्नुपर्दछ। तर अमेरिकी सरकारले गत मे महिनामा चीनको ह्वा वै कम्पनीमाथि नियन्त्रण गरेपछि फेडएक्सले फेरि पटक ‌ह्वा वै कम्पनीको प्याकेजलाई तीब्र आलोचना गरेको छ। सोबाट यस कम्पनीले अमेरिकी सरकारसँग सहयोग गरिरहेको छ भन्नेमा कुरामा प्रशस्त शंका गरिएको छ।

सत्य पत्ता लगाउनको लागि प्रयोगकर्ताको अधिकार र रुचिहरू सुरक्षित गर्ने, व्यापार वातावरण अनुकूलन गर्नका लागि चीनका सम्बन्धित विभागले जुन एक तारिख फेडएक्सलाई कानुन अनुसार जाँचबुझ गर्न थालेको छ। जुलाई छब्बीस तारिख चरणबद्ध सर्वेक्षणको नतिजा सार्वजनिक गर्दा फेडएक्स कम्पनीको आफ्नै कथन र तथ्यसँग मेल खाँदैन। यसका साथै जाँचबुझमा फेडएक्सले अरु अवैध सुराक खोजेको छ।

यस पटक फेडएक्सले अवैध रुपमा राइफल चीनमा पठाएको छ। सोबाट फेडएक्सको गतिविधिले प्रयोगकर्ताहरूको कानुनी अधिकारलाई क्षति पुर्‍याएको छ। चीनको सार्वजनिक सुरक्षामाथि पनि गम्भिर रुपमा क्षति पुर्‍याएको छ र चीनको कानुनलाई उल्लंघन गरेको छ।

जानकारी तथा लेखहरु