फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ट्विटर र फेसबुक बेसरम् होइनन्?

(GMT+08:00) 2019-08-21 19:28:15

अमेरिकी सामाजिक सञ्जाल ट्विटर र फेसबुकले हाल उनीहरूको चौतारोमा रहेका करीब हजार वटा खातामा रोक लगाउनुका साथै ती खाताहरूले "हङकङ प्रदर्शनबारे नक्कली सूचना प्रसार गरेको" र ती खाताहरू "चीनको आधिकारिक पक्षद्वारा समर्थन दिइएको" कुरा व्यक्त गरेका छन्। तर इन्टर्नेट प्रयोगकर्ताहरूले देखेअनुसार, ट्विटर र फेसबुकले रोक लगाएका खाताहरूले हङकङलाई अराजक बनाउने व्यक्तिहरूले विधायिका समितिमा प्रवेश गर्नेआदि सूचनाहरू शेयर गरेका छन्।

ट्विटर र फेसबुकको वाहियात कर्तुतले तथाकथित "वाक स्वतन्त्रता"को झूठो घुम्टी उतारेको छ। उनीहरू हङकङको हिंसात्मक कारवाही उत्पादन गर्ने राजनीतिक शक्तिको सहयोगी बनिसकेका छन्। ट्विटर र फेसबुक बेसरम् होइनन् त?

ट्विटर र फेसबुकले सार्वजनिक गरेको वक्तव्यबाट हेर्दा उनीहरूद्वारा मूल्यांकन गरिएको तथाकथित "नियमको उल्लंघन गर्ने विषय"मा दुई वटा क्षेत्र समावेश छन्। पहिलो, उग्र व्यक्तिलाई हङकङको विधायिका समिति, प्रहारी, सार्वजनिक यातायातमा रोक र पत्रकार पिट्नमा अवरोध गर्नु रहेको छ। दोस्रो, हङकङका प्रहरीलाई उग्रवादीमाथि दण्ड गर्न समर्थन दिनु पनि उल्लंघन गर्ने विषय अन्तर्गत राखिएको छ। ती फोटोहरू र वास्तविक सूचना ट्विटर र फेसबुकद्वारा "नक्कली सूचना" मानिएको छ। सम्बन्धित विशेषज्ञकाअनुसार, ट्विटर र फेसबुकको कर्तुतले मानव न्याय र नैतिकता उत्तेजित गरेको छ।

यसका साथै हङकङका प्रहरीमाथि हिलो छ्याप्ने, हङकङका उग्र व्यक्तिको हिँसात्मक गतिविधि सुन्दर बनाउने, चीन सरकारलाई बदनाम गर्ने भनाई ट्विटर र फेसबुकद्वारा स्वीकार गरिएको छ। ट्विटर र फेसबुकले हङकङका उग्र व्यक्तिहरूसँग उनीहरूको चौतारोमार्फत श्रृंखलावद्ध कारवाही योजना गर्न स्वीकार गरेका छन्।

वास्तवमा तथाकथित "वाक् स्वतन्त्रता" र "प्राविधिक तटस्थता" ट्विटर र फेसबुकले झूटो घुम्टी उतारेको यो पहिलो पटक होइन। हिलारी क्लिन्टनले अमेरिकी परराष्ट्र मन्त्रीको पद सम्हाल्नुभएको बेलामा इरानमा सरकारको राजीनामा माग गर्नका लागि जुलुश निकालिने सूचना थाहा पाएपछि ट्विटरले आफ्नो प्रणालीको अपग्रेडलाई 24 घण्टासम्म पछि सारेको थियो। हिलारीले ट्विटरको उक्त कर्तुत "इन्टर्नेट युगमा अमेरिकी कूटनीतिको आधारभूत ढाँचा भएको" कुराको प्रशंसा गर्नुभएको थियो।

हामीले ट्विटर र फेसबुकसँग भन्नुपर्छ, ट्विटर र फेसबुकले एक अर्ब चालीस करोड जना चिनियाँले हङकङमा हिंसात्मक गतिविधि रोक्न समर्थन दिने शक्ति खास गरी चिनियाँ युवायुवतीले मातृभूमिलाई माया गर्ने र हङकङलाई माया गर्ने शक्तिशाली शक्तिको कम आँक्नु हुँदैन। चिनियाँ युवा इन्टर्नेट प्रयोगकर्ताहरूले राष्ट्रिय एकताको संरक्षण गर्ने, हङकङमा हिँसात्मक गतिविधि रोक्न समर्थन दिने सबैभन्दा बलियो आवाज प्रसारण गरेका छन्।

एक अर्ब चालीस करोड जना चिनियाँले हङकङलाई हिँसात्मक गतिविधि रोक्न समर्थन दिने आवाजमा रोक लगाउन सकिंदैन।

जानकारी तथा लेखहरु