फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केही अमेरिकी व्यक्तिको भनाइ र गतिविधि घमण्डी

(GMT+08:00) 2019-08-21 20:37:14

हाल अमेरिकी प्रतिनिधि सभाका अध्यक्ष नान्सी पेलोसी र सांसद मार्को रूबिओ लगायतले "हङकङको मानव अधिकार र प्रजातन्त्र कानून" पारित गर्न लगाउने धारणा व्यक्त गरेका थिए। चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिअन्तर्गत कानून कार्य समितिले 21 तारिख उक्त घमण्डी भनाइको कडा विरोध गरेको छ। अमेरिकी सांसदको त्यही भनाइले हङकङमा हिंसात्मक तत्वको अवैध तथा अपराधी गतिविधिलाई समर्थन दिएको हो। उसका पछाडि हङकङलाई अराजक बनाउने र चीनको विरोध गर्ने खतरापूर्ण लक्ष्य देखिन्छ।

वास्तवमा हङकङका हिंसात्मक उग्रवादी तत्वका पछाडि कालो हातका रूपमा अमेरिकाका उच्चस्तरीय अधिकारी र संस्था छन्। उनीहरूले "हङकङको स्वतन्त्रतावादी" तत्वसँग वार्ता गरेर आर्थिक सहयोग दिनुका साथै निर्देशन पनि दिएका छन्।

दीर्घकालमा केही अमेरिकीहरूले चीन लगायत धेरै देशको आन्तरिक मामिलामाथि हस्तक्षेत्र गरेका छन्। तर उनीहरूको भनाइ र गतिविधिमा पूर्वाग्रह, भेदभाव, घमण्डी र उत्तेजना छ।

अमेरिका र पश्चिमा मुलुकका अल्पसंख्यक व्यक्ति चीनविरोधी शक्तिले चिनियाँ केन्द्रिय सरकार र जनताले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र एकताको सुरक्षा गर्ने र हङकङको समृद्धि तथा स्थिरताको संरक्षण गर्ने सुदृढ विचार तथा अठोटलाई हल्का रूपमा लिनुहुँदैन।यदि कसैले घटनाको प्रयोगद्वारा हङकङको समृद्धि तथा स्थिरता भंग गर्न र त्यसबाट चीनको विकास रोक्न खोजेमा उनीहरूले आफ्नो गल्तीको जिम्मेवारी लिनुपर्छ।

जानकारी तथा लेखहरु