फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा धैर्यका साथ व्यापारिक प्रभुत्वको प्रतिकार

(GMT+08:00) 2019-08-26 18:54:38
चीनबाट अमेरिकातर्फ निर्यात गरिने झण्डै ३ खर्ब अमेरिकी डलर मूल्यको चिनियाँ मालसामानमाथि अमेरिकाले थप १० प्रतिशतको भन्सार कर लगाउने निर्णय घोषणा गरेको सन्दर्भमा चीनले हाल बाध्य भएर प्रतिकार कदम सार्वजनिक गरेको छ। चीनको सम्बद्ध ऐन-कानुन र अन्तर्राष्ट्रिय नियमको सिद्धान्त बमोजिम चीनले चालेको उक्त आवश्यक प्रतिकारलाई केही अमेरिकीहरूले निराधार आरोप लगाएका छन्। उनीहरूले अझ विशेषगरी चीनबाट अमेरिकातर्फ निर्यात हुने झण्डै ५५ खर्ब अमेरिकी डलर मूल्यको चिनियाँ मालसामानमाथि अझ उच्च भन्सार कर लगाउने भनेर निरन्तर रुपमा चीनमाथि निकै ठूलो दबाव दिन खोजेका छन्।

आफूले जथाभावी रुपमा भन्सार कर लगाउने तर अन्य व्यापारिक साझेदारलाई कानुन बमोजिम उचित रुपमा प्रतिकार गर्न नदिने कार्य केही अमेरिकीको कारवाईले आफू मात्र सम्मानित हुने अमेरिकी प्रभुत्व तर्कको राम्रोसँग ब्याख्या गरेको देखिन्छ। चिनियाँले निराधार तर्कलाई अस्वीकार गर्नुका साथै धैर्यका साथ प्रतिकार गर्नेछ। त्यसैले आफ्नो प्रभुत्व तर्कमा रहिरहेका ती अमेरिकी राजनीतिज्ञहरूले सोच-विचार गर्न आवश्यक छ किनकि इतिहास र तथ्य कुराले उनीहरूलाई एउटा राम्रो शिक्षा सिकाउनेछ।

जानकारी तथा लेखहरु