फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भन्सार कर थप्नु विश्व आर्थिक बृद्धिका लागि ठूलो त्रास-धम्की

(GMT+08:00) 2019-08-27 19:38:06
केही अमेरिकीले हालै चीनबाट अमेरिकातर्फ निर्यात हुने ५ खर्ब ५० अर्ब डलरका चिनियाँ मालसामानमाथि थप भन्सार कर लगाउने भन्दै चीन-अमेरिका व्यापारिक घर्षणलाई अझ चर्काएको देखिन्छ। अन्तर्राष्ट्रिय समाजले त्यस्तो भनाइको विस्तृत रुपमा आलोचना गरेको छ। अगष्ट २६ तारिख सम्पन्न भएको ७ मुलुक समूहको शिखर सम्मेलनमा अमेरिकाका संगाती साझेदारहरूले बेग्ला बेग्लै गरी स्वतन्त्र व्यापारको समर्थन गर्ने जनाएका छन्।

यूरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टुस्कले अमेरिका तथा अन्य मुलुक बीच चर्कंदै आएको तनावपूर्ण व्यापारिक सम्बन्धबाट सम्भवत: सारा विश्वलाई अधोगतिको अवस्थामा लैजाने चेतावनी दिनुभएको छ।

इतिहास र तथ्य कुराबाट के प्रमाणित गरिएको छ भने व्यापारिक युद्धमा बिजेता छैन। साथै थप भन्सार कर लगाउने तरिकाबाट मतभेद मेटाउन सकिँदैन, बरु समस्या अझ अप्ठ्यारो बन्नेछ।

जानकारी तथा लेखहरु