फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापार घर्षणको नराम्रो असर मेटाउन चीन सक्षम

(GMT+08:00) 2019-08-29 19:01:17

चीनले बाध्य भएर अमेरिका विरुद्धको तेस्रो चरणको व्यापार प्रतिकार कदम सार्वजनिक गरेको सन्दर्भमा हाल केही अमेरिकीहरूले चीनबाट अमेरिकातर्फ निर्यात हुने ५ खर्ब ५० अर्ब अमेरिकी डलरका चिनियाँ मालसामानमाथि भन्सार कर लगाउने घोषणा गरेर अझ ठूलो दबावमार्फत चीनलाई पछाडी धकेल्न खोजेका छन्। अमेरिकाले पुन: एक पल्ट चीनको दृढ अठोट र क्षमताबारे गलत बुझेको छ। देशको केन्द्रीय हित र जनताको मूलभूत हितको संरक्षण गर्ने सम्बन्धमा चीनको अडिग अडान रहिरहेको छ र चीन-अमेरिका व्यापार घर्षणले ल्याएको नकारात्मक असरलाई मेट्नका लागि चीन सक्षम रहेको छ।

बिगत १ वर्षदेखि अमेरिकाले चर्काउँदै ल्याएको व्यापार घर्षणमा चीनले बाध्य भएर तीन पटक व्यापारिक प्रतिकार सार्वजनिक गरेको छ। यो चीनले आफ्नो उचित हक-अधिकार संरक्षण गर्नका लागि चालेको आवश्यक कदम हुनुका साथै बहुपक्षीय व्यापार प्रणाली र अन्तर्राष्ट्रिय नियमको संरक्षण गर्ने आवश्यक कारवाही पनि हो।

केही अमेरिकीहरूले व्यापारिक प्रभुत्वलाई कायम राख्दै निरन्तर रुपमा भन्सार करमार्फत चीनमाथि दबाव दिँदै आएका छन्। त्यसको सामना गर्दा चीनले स्पष्टसँग के धारणा व्यक्त गरेको छ भने यदि अमेरिकाले सम्बद्ध भन्सार करको नियमलाई व्यवहारमा उतारेको खण्डमा चीनले अवश्य नै दृढताका साथ सम्बद्ध कदम चालेर आफ्नो उचित हक-अधिकारको संरक्षण गर्दछ।

जानकारी तथा लेखहरु