फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापार द्बन्द्व चर्कदा समस्याको समाधानका लागि प्रतिकुल हुने

(GMT+08:00) 2019-08-30 19:31:26

केही अमेरिकीहरुले हालै चीनबाट अमेरिकातर्फ निर्यात हुने मालसामानमाथि थप भन्सार कर लगाउने घोषणा गरेपछि ब्यापार घर्षणको खतरा झन् चर्कंदै आएको देखिन्छ। त्यस्तो कार्वाही उचित लिकबाट अलग भएर समस्याको समाधानका लागि सघाउ नपुग्नुका साथै चीन र अमेरिका अझ विशेषगरी सारा विश्वका जनताको हितका लागि प्रतिकुल रहनेछ।

विगत १ वर्षदेखि चीनले आफ्नो उचित हक-अधिकारको संरक्षण गर्न बाध्य भएर तीनपटक व्यापार प्रतिकार कदम सार्वजनिक गरेको छ। वर्तमान व्यापार युद्धको खतरा चर्कंदै आएको र चीन तथा अमेरिका दुवै देश अझ विशेषगरी सारा विश्वका लागि ल्याउने नकारात्मक असर बढ्दै गएको सिलसिलामा ५ खर्ब ५० अर्ब अमेरिकी डलर मूल्यका चिनियाँ मालसामानमाथि थप भन्सार कर लगाउने नियमलाई खारेज गर्ने र व्यापार घर्षणलाई चर्कन नदिनु नै सबैभन्दा महत्वपूर्ण विषय रहेको ठहर चीनले गरेको छ।

यसका अतिरिक्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका संस्थाहरूले धेरै पटक चेतावनी दिएका छन्। यदि व्यापार घर्षण लगातार रुपमा चर्कंदै आएको खण्डमा सारा विश्वको अर्थतन्त्र अझ अधोगित हुने निकै अप्ठ्यारो अवस्था सिर्जना हुनेछ। त्यसैगरी बितेका केही दिनदेखि अन्तर्राष्ट्रिय समुदायले व्यापार संरक्षणवाद बन्द गर्न र व्यापार विश्वब्यापीकरण अंगाल्न अमेरिकासँग आह्वान गरेको छ।

जानकारी तथा लेखहरु