फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ समस्यालाई आर्थिक-व्यापारिक सम्झौता-वार्ताको चिप्स बनाउने कुचेष्टा सफल नहुने

(GMT+08:00) 2019-08-31 15:57:47
केही अमेरिकीहरूले अगष्ट ३० तारिख पुन: एक पटक चीन-अमेरिका व्यापार सम्झौता-वार्ता तथा हङकङ समस्या बीच सम्बन्ध रहेको पुन:पुष्टि गरे तापनि लगभग १ महिनाअघि तिनीहरूले स्पष्ट्रसँग के बताएका छन् भने हङकङ चीनको एउटा भाग भएकाले हङकङ समस्याको समाधान चीनले आफैंले समाधान गर्नुपर्नेछ। यसमा चीनलाई कुनै राय-सुझाव चाहिँदैन।

ती अमेरिकीहरूको भनाइमा कुन वाक्य सक्कली र कुन वाक्य नक्कली भन्ने छुट्याउन गाह्रो छ। बाह्य जगतका अनुसार, चीन र अमेरिका दुवै पक्षका आर्थिक र व्यापारिक समूह बीचको आदान-प्रदान सुचारु रुपमा चलिरहेको बेला केही अमेरिकीहरूले चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने धारणा राखेका छन्। तर अवस्था परिवर्तित अथवा तनावपूर्ण भइरहेको सिलसिलामा ती अमेरिकीहरूले तुरुन्तै हङकङ समस्यालाई चीन-अमेरिका आर्थिक र व्यापारिक सम्झौता-वार्तासँग जोडेका छन्। आफ्नो भनाइ र गराइमा निकै ठूलो फरक रहेको र आफ्नो अडान समय समयमा फेरेको कार्यबाट के प्रतिबिम्बित ऐएको छ भने ती अमेरिकीहरूले साँच्चिकै हङकङको अवस्था डामाडोल अथवा राम्रो छ कि भन्ने कुराको ख्याल-विचार गरेका छैनन्। वास्तवमा तिनीहरूले हङकङ समस्यालाई चिप्स बनाएर आर्थिक-व्यापारिक सम्झौता-वार्तामा चीनमाथि दबाव दिन र सम्झौता-वार्तामा आफ्नो अडानलाई उकास्न खोजेका छन्।

हङकङ मामिला चीनको आन्तरिक मामिला भएकाले चीन सरकारले संविधान र हङकङको आधारभूत ऐन बमोजिम हङकङमा सार्वभौमिकता सञ्चालन गर्दछ। जुनसुकै बाह्य शक्ति अथवा निजी व्यक्तिले त्यसमा हस्तक्षेप गर्ने अधिकार पटक्कै छैन। त्यसैगरी हङकङ समस्यालाई चीन-अमेरिका आर्थिक र व्यापारिक सम्झौता-वार्तासँग जोडेर चीनलाई दबाव दिन खोजेको कुचेष्टा सफल हुने सम्भावना पनि छैन।

जानकारी तथा लेखहरु