फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आणविक सुरक्षा संयुक्त समुदायको निर्माणमा चीनको जिम्मेवारी

(GMT+08:00) 2019-09-03 18:41:01

सेप्टेम्बर तीन तारिख 'चीनको आणविक सुरक्षा श्वेतपत्र' सार्वजनिक भएको छ। जसमा चीनमा आणविक सुरक्षा महाकार्यको विकास प्रक्रिया, आणविक सुरक्षाको आधारभूत सिद्धान्त तथा नीति तथा सम्बद्ध अनुगमन विचार तथा व्यावहारिक अनुभवबारे जानकारी दिइएको छ। साथै चीनले गरेको आणविक सुरक्षा अन्तर्राष्ट्रिय सहयोगको प्रवर्द्धन तथा संयुक्त समुदायको निर्माणमा चीनको निश्चितता तथा कार्वाहीबारे पनि देखाइएको छ।

वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति जटिल र गहन परिवर्तनमा रहेको पृष्ठभूमिमा ठूला मुलुकको विश्वास घाटा विस्तार हुँदै गएको साथै आणविक होडबाजी पुनः शुरू गर्ने प्रवृत्ति देखा परेको छ। आणविक प्रसार तथा सुरक्षामा देखा परेको खतरा पनि चर्को बन्दै गएको छ। यसै सन्दर्भमा विश्वव्यापी देखा पर्ने आणविक खतराको संयुक्त नियन्त्रण गर्ने जिम्मा आणविक प्रविधिमा अगाडि रहेका ठूला मुलुकले लिनुपर्छ। संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको स्थायी सदस्य चीनले आफ्नो अन्तर्राष्ट्रिय कार्यभार वहन गर्दै आणविक सुरक्षा सम्बन्धि द्विपक्षीय तथा बहुपक्षीय सहयोग एवम् आणविक उर्जाको शान्तिपूर्ण प्रयोगलाई अघि बढाइरहेको छ र विश्व आणविक सुरक्षाको परिचालनमा चिनियाँ बुद्धि तथा शक्ति दिइरहेको छ।

सो श्वेतपत्रमा अन्तर्राष्ट्रिय कार्यभार तथा राजनैतिक वचनवद्धता, आणविक सुरक्षा प्रवर्द्धनको बहुपक्षीय प्रयासको समर्थन तथा आणविक सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय आदानप्रदान भन्ने ३ वटा क्षेत्रबाट आणविक सुरक्षा संयुक्त समुदायको निर्माणमा चीनले गरिरहेको योगदानबारे पूर्ण रूपमा वर्णन गरिएको छ।

आणविक सुरक्षा सिमारहित हुन्छ र आणविक उर्जाको शान्तिपूर्ण प्रयोग नै मानवजातिको साझा अभिलाषा हो। आणविक सुरक्षाको प्रत्याभूति दिनु नै विश्वका विभिन्न मुलुकको साझा जिम्मेवारी हो। यसै क्षेत्रमा देखापरेको खतरा तथा चुनौतीको सामना गर्दै चीनले ठूला मुलुकको जिम्मा काँधमा राख्दै जाने छ र विश्वको आणविक सुरक्षा स्तरलाई उकास्न तथा संयुक्त समुदायको निर्माणको लागि चीनले योगदान गर्दै जानेछ।

जानकारी तथा लेखहरु