फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तर्कसंगत छलफलमार्फत नै समस्याको समाधान गर्न सकिने

(GMT+08:00) 2019-09-05 16:16:14

अमेरिकी पक्षको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनैतिक व्यूरोका सदस्य, चीनका उपप्रधानमन्त्री तथा चीन-अमेरिका चौतर्फी आर्थिक वार्ताका लागि चीन पक्षीय प्रमुख लिउ हले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर, अर्थ मन्त्री स्टेभेन म्नुचिनसँग टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोनमा आगामी अक्टोबरको शुरूमा वासिङ्टनमा तेह्रौं चीन-अमेरिका आर्थिक व्यापारिक उच्चस्तरिय वार्ताको आयोजना हुने सहमति दुवै पक्षले गरेका छन्। चीन-अमेरिका व्यापार द्वन्द्व चर्कँदै गएको पृष्ठभूमिमा दुवै पक्षले गरेको वार्तामा निरन्तरता दिँदै जाने निर्णय नै दुई देशका जनमतसँग मेल खाएको साथै अन्तर्राष्ट्रिय समाजको अपेक्षासँग पनि अनुकूल भएको छ जसबाट सकारात्मक संकेत दिइएको छ।

आर्थिक विकासको फरक चरण, आर्थिक अवस्थाको भिन्नताका कारण चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक क्षेत्रमा मतभेद तथा बाझाबाझको स्थिति देखापर्नु सामान्य कुरा हो। तापनि दुवै पक्षले पारस्परिक समझदारीलाई गहन पार्दै मतभेदलाई पन्छाएर समानता खोजेर समान तथा एक अर्काको सम्मानको आधारमा विद्यमान समस्याको समाधान गर्नु निकै महत्वपूर्ण हुन्छ। बितेको एक वर्षभन्दा बढी समयमा चीन र अमेरिकाबीच जम्मा गरी बाह्र पटक गरी उच्चस्तरिय आर्थिक वार्ताको आयोजना भएको छ। त्यसै क्रममा सकारात्मक प्रगति पनि हासिल गरिएको छ साथै उतारचढाव पनि देखा परेको छ।

गत जुलाईको अन्त्यमा आयोजित बाह्रौं चीन-अमेरिका आर्थिक व्यापारिक उच्चस्तरिय वार्तामा हासिल गरिएको मतैक्य बमोजिम, दुवै पक्षले यसै महिनामा वासिङटनमा नयाँ चरणको वार्ता आयोजना गर्ने योजना थियो। तापनि अमेरिकाले भन्सार करलाई फेरि एक पटक असुलेका कारण चीनले बाध्य भएर जवाफी कदम चाल्यो र व्यापार युद्ध फेरि एक पटक चर्को बनेको छ जसबाट चीन र अमेरिका दुवै पक्ष लगायत विश्व अर्थतन्त्रमा पनि असर पारिएको छ। व्यापार द्वन्द्व चर्कँदै गएमा विश्वको अर्थतन्त्र अझ मन्द तथा कठिन अवस्थामा पुग्ने चेतावनी विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका संस्थाहरूले फेरि एक पटक दिएका छन्।

इतिहास होस् वा वास्तविक अवस्थाबाट प्रमाणित भए अनुसार, व्यापार युद्धमा विजयी पक्ष छँदै छैन र भन्सार कर असुल्दै जाने कदमबाटै पनि विद्यमान समस्याको समाधान हुनै सक्दैन बरू आफू र अरूलाई पनि क्षति पुर्याउँछ। चीन तथा अमेरिकाबीच विद्यमान आर्थिक तथा व्यापारिक मतभेद तथा बाझाबाझ अन्ततः वार्ता तथा छफलफमार्फत नै समाधान गर्न सकिन्छ। चीनले वासिङटनमा वार्ता गर्दै जाने इच्छा व्यक्त गरेबाट समस्याको समाधान गर्नको लागि चीनले लिएको जिम्मेवार अडान झल्किन्छ र यसको उद्देश्य व्यापार युद्धबाट विभिन्न पक्षमा पुर्याइने क्षतिलाई सबभन्दा ठूलो परिधिमा कम पार्नु रहेको छ।

विद्यमान समस्याको समाधान गर्नको लागि दुवै पक्षले एउटै दिशातिर उन्मुख शान्ति तथा तर्कसंगत धारणामा सहयोग तथा साझा विजय प्राप्त गर्न प्रयास गर्नुपर्छ जसबाट समस्याको समाधान नजिकँदै आउने छ।

जानकारी तथा लेखहरु