फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घनिष्ठ सम्पर्कका साथ चीन-जर्मनी सहयोगको केक पकाइने

(GMT+08:00) 2019-09-07 19:12:27

जर्मनी चान्सलर एंगेला मर्केलले आज सात तारिख चीनको दुई दिने भ्रमण सम्पन्न गर्नुभएको छ। सन्2005 मा जर्मनीको चान्सलरमा नियुक्त भएयता उहाँले चीनको 12 पटक भ्रमण गर्नुभएको छ। यस्ता भ्रमणबाट चीन र जर्मनीबीचको सम्बन्धको घनिष्टता र महत्व अभिव्यक्त भएको छ। उहाँको यस चीन भ्रमणमा श्रृंखलाबद्ध आर्थिक तथा व्यापारिक सहयोग उपलब्धि भएको छ। जसले चीन-जर्मनी सहयोगलाई विस्तार गर्दै सारा विश्व अर्थतन्त्रको वृद्धिका लागि नयाँ प्रवर्द्धन शक्ति सिर्जना गरेको छ।

दीर्घकालदेखि चीन र जर्मनीबीचको सम्बन्ध पनि चीन र अन्य पश्चिमा मुलुकसँगको सम्बन्धहरुजस्तै अगाडि बढ्दै गएको छ। वर्तमान विश्व परिस्थिति जटिल बन्दै गएको पृष्ठभूमिमा यी दुबै मुलुकबीचको सम्बन्धको विकास सारा विश्वको शान्ति तथा स्थिरताका लागि हितकर हुने छ। चान्सलर मर्केलको यस भ्रमणको लक्ष्य स्पष्ट छ भने चीनसँगको आर्थिक सहयोगलाई गहन पार्नु नै हो।

एक ध्यानाकर्षक विन्दू भनेको चान्सलर मर्केलले यस भ्रमणमा यस्तो व्यक्त गर्नुभएको छ:अन्य मुलुक जस्तै चीनसँग पनि विकासको अधिकार छ। चीनको विकास प्रगतिमा बाधा सिर्जना हुँदैन। चिनियाँहरुले राम्रो जीवन पाउनु नै सारा विश्वका विभिन्न मुलुकको हितसँग अनुकूल छ। यो चीनलाई सम्झना गर्ने राजनीतिज्ञले चीनको विकासका लागि गर्नुभएको एक उचित मूल्याङ्कन हो।

जानकारी तथा लेखहरु