फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वैदेशिक व्यापार स्थिरताका साथ गुणस्तरीय विकासमा

(GMT+08:00) 2019-09-09 19:08:18

चिनियाँ भन्सार ब्युरोबाट प्रकाशित पछिल्लो तथ्याङ्क अनुसार, चालु वर्षका अघिल्ला आठ महिनामा चिनियाँ सामानको व्यापार मात्रा २०१ खर्ब ३० अर्ब चिनियाँ युआन पुगेको छ। यो गक गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले बढेको हो। जटिल र कडा परिस्थितिमा चीनको आयात-निर्यातले यति राम्रो उपलब्धि हासिल गरेको छ जसबाट चिनियाँ अर्थतन्त्र दीर्घकालीन राम्रो दिशातिर विकास हुने आधारभूत अवस्थामा परिवर्तन नभएको, स्थिरताका साथ गुणस्तर उकास्ने प्रवृतिमा परिवर्तन नभएको र ठूलो लचिलोपना तथा निहित शक्ति रहेको देखाइको छ।

एकपक्षीयतावाद र संरक्षणवादका कारणले विश्व व्यापार संगठनले अप्रिलमा विश्व व्यापारको वृद्धि अपेक्षा ३ प्रतिशतबाट २.६ प्रतिशतमा झारेको छ। विश्वको वैदेशिक व्यापार मन्दि भएको पृष्ठभूमिमा अघिल्ला आठ महिनामा चीनको वैदेशिक व्यापारको उपलब्धि ज्यादै आकर्षित छ।

पहिलो, चिनियाँ आयात-निर्यात संरचना उद्योग शृङ्खलाको अझ उच्चस्तरतिर श्रेष्ठ हुँदैछ।

दोस्रो, चिनियाँ आयात-निर्यात बजार दिन प्रतिदिन विविधता हुनुका साथै व्यवसायको जोखिमविरोधी क्षमता बढेको छ।

तेस्रो, निजी व्यवसाय चिनियाँ वैदेशिक व्यापारला बढाउने महत्वपूर्ण शक्ति बनेको छ।

ध्यान दिनुपर्ने कुरा के हो भने, अघिल्ला आठ महिनामा अमिरिकाका लागि चीनको निर्यात १८ खर्ब ८० अर्ब युआन पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा ३.७ प्रतिशतले घटेको छ। साथै अमेरिकाबाट आयात ५ खर्ब ४५ अर्ब १ करोड युआन भएर २३.५ प्रतिशतले घटेको छ। निर्यात र आयातको अन्तर त्यति ठूलो भएको कारण अमेरिकी सामानको प्रतिस्थापन बढी भएको हो। सो अवसरमा अमिरिकाका लागि चीनको व्यापारिक नाफा १३ खर्ब ३० अर्ब युआन भएर ७.७ प्रतिशतले बढेको छ। जसले थप भन्सार कर असुल्ने कदमले समस्याको समाधान गर्न नसक्ने पुष्टि गरेको छ। भर्खरै समाप्त चीनको विकास उच्चस्तरीय मञ्चको शरद बठैकमा सहभागीहरूले चीन र अमेरिकासँग आदान-प्रदानद्वारा तर्कसंगत रूपमा मतभेदको समाधान गर्न आह्वान गरेका छन्।

वर्तमान विश्वको आर्थिक तथा व्यापारिक वृद्ध विस्तार भएको पृष्ठभूमिमा निरन्तर पाँच महिनामा चीनको व्यापारिक आयात-निर्यात मात्रा २५ अर्ब चिनियाँ युआनभन्दा बढी भएर बलियो लचिलोपना देखाएको छ। यसको कारण चीनले दृढताका साथ खुलापनलाई बढाएको हो।

साथै चिनियाँ व्यवसायको भित्री शक्ति क्रमशः बढेर वैदेशिक व्यापारलाई महत्वपूर्ण समर्थन दिएको छ।

बाह्य वातावरण जे जटिल र कडा भए तापनि चीनको अर्थतन्त्र उच्च गुणस्तरीय विकासको दिशातिर अघि बढिरहेको छ।

जानकारी तथा लेखहरु