फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा कर थप गरिएको सामानको कर हटाइएको सूची सार्वजनिक

(GMT+08:00) 2019-09-11 17:23:20

चिनियाँ राज्य परिषदअन्तर्गत भंसार कर निर्धारण समितिले सेप्टेम्बर ११ तारिख अमेरिकाका लागि थप भंसार कर असुल्ने पहिलो चरणको सामानमध्ये पहिलोपटक बढाएको भंसार कर हटाउने सूची सार्वजनिक गरेको छ। यो सूची सन् २०१९ सेप्टेम्बर १७ तारिखदेखि लागू हुनेछ। अमेरिकाले आर्थिक तथा व्यापारिक संघर्ष सुरू गरेदेखि चीनले पहिलोपटक थप गरेको भंसार कर हटाउने सूची सार्वजनिक गरेको हो। यसको उद्देश्य सक्दो प्रयासमा चीनमा व्यवसायका लागि आर्थिक तथा व्यापारिक संघर्षको प्रभावलाई कम पार्नु रहेको छ। यस कार्यले चीनले आर्थिक तथा व्यापारिक संघर्षको सामना गर्ने अविच्छिन्न शान्त तथा तर्कसंगत र व्यवसाय तथा सर्वसाधारणका लागि उच्चस्तरीय जिम्मेवारीवोध धारणा देखाएको छ।

एक वर्षदेखि अमेरिकी एकपक्षीयतावादी तथा संरक्षणवादी गतिविधिप्रति चीनले बाध्यतामा तीन चरणको जवाफी कदम चालेको छ। चीनले अमेरिकी सामानका लागि भंसार कर असुल्ने मूल लक्ष्य व्यवसायबाट भंसार कर लिनु होइन राष्ट्रिय केन्द्रीय हित र जनताको मूल फाइदाको सुदृढ संरक्षण गर्नु तथा उचित विकसित अधिकार र फाइदाको संरक्षण गर्नु हो। व्यापारिक युद्धमा कुनै पनि पक्ष विजयी हुँदैन। अमेरिकी ३०१ दफाको कदमको चीनले विरोध गर्दै थप भंसार करले चीनमा केही विदेशी व्यवसायमाथि प्रभाव पार्ने विचार चीनले गरेको छ। त्यसैले चीनले अमेरिकी व्यापारिक गलत व्यवहारको दृढताका साथ जवाफ दिनुका साथै चीनमा व्यवसायका लागि सक्दो प्रयासमा प्रभावलाई कम पारेको छ।

गत मे १३ तारिख थप भंसार कर असुल्ने अमेरिकी सामानप्रति परीक्षण रूपमा थप भंसार कर हटाउने कार्य गरेदेखि चीनका सम्बन्धित विभागले सबै आवेदनको राम्ररी समीक्षा गर्नुका साथै विभिन्न पक्षको सुझावलाई सुनुवाइ गरेको छ। यसको आधारमा अमेरिकाका लागि थप भंसार कर असुल्ने पहिलो चरणको सामानमध्ये पहिलोपटक थप भंसार कर हटाउने सूचीमा १६ प्रकारका सामान समेटिएका छन्।

चीनबाट प्रकाशित घोषणाका अनुसार, थप गरिएको भंसार कर हटाइएका सामानको सूची लागू गरेदेखि एक वर्षमा चीनले सूचिकृत सामानका लागि अमेरिकी ३०१ दफा विरोधी थप भंसार कर असुल्ने छैन। साथै कर फिर्ती शर्त भएको सामानका लागि चीनले असुलिसकेको भंसार कर फिर्ता गर्नेछ। त्यससित सम्बन्धित विशेषज्ञको विश्लेषणअनुसार, पहिलोपटक सो सूचीमा सूचिकृत १६ प्रकारकका सामान लगभग ३ सय प्रभावकारी आवेदनसँग सम्बन्धित रहेको छ। यो संख्या व्यवसायका कुल आवेदनमा एक तिहाई बराबर छ। हालसम्म अमेरिकाले आठ चरणको थप कर हटाउने सूची सार्वजनिक गरे पनि आवेदनको अनुपात अझ कम भएको देखिन्छ।

भविष्यमा चीनका सम्बन्धित विभागहरूले निरन्तर रूपमा यस्तो कार्य गरेर सूची प्रकाशित गर्नेछ। त्यसैले अमेरिकाबाट अझ बढी आयातित सामानले थप भंसार कर असुलिने छैन। चीनले निरन्तर र सक्दो प्रयासमा चीनमा व्यवसायका लागि आर्थिक तथा व्यापारिक संघर्षको प्रभावलाई कम पार्नेछ।

जानकारी तथा लेखहरु