फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मकाउ प्रशासनिक क्षेत्रका नयाँ प्रशासकसँग राष्ट्राध्यक्ष सीको भेट

(GMT+08:00) 2019-09-11 18:44:01

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर ११ तारिख दिउँसो जन बृहत सभाभवनमा नवनिर्वाचित हुनुभएका मकाउ विशेष प्रशासनिक क्षेत्रका प्रशासक ह यिछङसँग भेट गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले ह यिछङलाई बधाई दिँदै निर्वाचनमा सबभन्दा बढी मत प्राप्त गरेर मकाउको समाजमा व्यापक मान्यता दिइएको देखाएको उल्लेख गर्नुभएको छ। मकाउको वास्तविक अवस्था तथा देशको विकास रणनीतिको आवश्यकता बुझेर मकाउ विशेष प्रशासनिक क्षेत्रको नयाँ सरकार तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको नेतृत्व गर्दै मकाउको दीर्घकालीन विकास योजना गरेर एक देश दुई व्यवस्थाको सफलतामा निरन्तरता दिँदै जाने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

भेटमा मकाउका नयाँ प्रशासक ह यिछङले एक देश दुई व्यवस्थाको दृढ कार्यान्वयन गर्दै संविधान तथा आधारभूत कानून, केन्द्रीय सरकार तथा मकाउ विशेष प्रशासनिक क्षेत्र बीचको राम्रो सम्बन्ध एवं देशको सार्वभौमसत्ता, सुरक्षा तथा हितको राम्रोसँग संरक्षण गर्ने निश्चितता व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु