चिनियाँ राज्य परिषदअन्तर्गत भंसार कर निर्धारण समितिले सेप्टेम्बर ११ तारिख अमेरिकाका लागि थप भंसार कर असुल्ने पहिलो चरणको सामानमध्ये बढाएको भंसार कर हटाउने पहिलो सूची सार्वजनिक गरेकोछ। यो सूची सन् २०१९ सेप्टेम्बर १७ तारिखदेखि लागू हुनेछ।
सूचीको पहिलो भागमा संलग्न सामानमाथि असुलेको थप भंसार करलाई चीनले फिर्ता दिने छ। सम्बद्ध व्यवसायले उक्त सूची सार्वजनिक भएपछिका ६ महिनाभित्र सम्बन्धित चिनियाँ नियम वमोजिम भन्सारसामु आवेदन दिनुपर्छ। सूचीको दोस्रो भागमा समेटिएका सामानमाथि थप कर असुल्न बन्द हुनेछ तर असुलेको करको फिर्ता नहुने जनाइएको छ।
त्यसपछि चीनको राज्य परिषद भन्सार कर निर्धारण समितिले अमेरिकी उत्पादित वस्तुमाथि थप भन्सार कर असुल्ने सूचीलाई हटाइने काममा निरन्तरता दिँदै जाने छ र उचित समयमा कर हटाउने अरू सूची पनि सार्वजनिक गर्नेछ।