फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री र काजाकिस्तानका राष्ट्रपतिबीचको वार्ता

(GMT+08:00) 2019-09-11 19:32:31

चीनका प्रधानमन्त्री ली खछ्याङले आज सेप्टेम्बर ११ तारिख जन बृहत सभाभवनमा कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभसँग भेट-वार्ता गर्नुभएको छ।

भेटमा प्रधानमन्त्री लीले चीनले कजाकिस्तानसँगै मिलेर बेल्ट एण्ड रोड अवधारणा तथा कजाकिस्तानको विकास योजनालाई राम्रोसँग जोडेर चौतर्फी सहयोगलाई गहन पार्दै क्षेत्रीय स्थिरताको संयुक्त संरक्षण गर्नुका साथै दुई देशका जनताको हित-कल्याणलाई बढाउँदै जाने आशा व्यक्त गर्नुभएको छ। चीनले कजाकिस्तानसँग उर्जाश्रोत, आणविक उर्जाबाट बिद्युत उत्पादन, बैंकिङ तथा वैज्ञानिक क्षेत्रमा हुने सहयोगलाई प्रवर्द्धन पार्दै अन्तर्देशीय इलेक्टोनिक व्यापार मंचको राम्रोसँग प्रयोग गरेर आपसी व्यापारलाई बढाउँदै दुवै पक्षको लागि हित तथा साझा बिजयीलाई विस्तार गर्ने अपेक्षा पनि गरेको छ।

भेटमा कजाकिस्तानी राष्ट्रपति कासिमले जनगणतन्त्र चीन स्थापित भएको सत्तरीऔं वार्षिकोत्सवको लागि बधाई दिनुभएको छ। उहाँले वर्तमान पारस्परिक सम्बन्धप्रति सन्तोष लागेको र यसै सम्बन्धलाई अघि बढाउने इच्छा गरेको बताउनुभएको छ। साथै चिनियाँ व्यसायहरूले कजाकिस्तानमा लगानी लगाउन पनि स्वागत पनि उहाँले गर्नुभएको छ।

जानकारी तथा लेखहरु